सनी देओल –करिश्मा कपूर विरूद्ध रेलको चेन खिचेको आरोपमा २२ वर्ष पछि समन

सनी देओल –करिश्मा कपूर विरूद्ध रेलको चेन खिचेको आरोपमा २२ वर्ष पछि समन

काठमाडौ । भारतीय उद्योगका चर्चित अभिनेता सनी देओल र करिश्मा कपूर विरूद्ध २२ पुरानो उजुरीमा उनीहरूलाई अदालतमा उपस्थित हुन समन पठाइएको छ ।

उनीहरूले रेलको चेन खिचेर निर्धारित समय भन्दा २५ मिनेट ढिला बनाइ दिएको उजुरीमा यो समन पठाइएको हो ।

उनीहरूले १९९७मा बजरंग फिल्मको सुटिंगका बेला अजमेरको नरेना रेलवे स्टेशनमा २४१३–ए ओलम्पिक एक्सप्रेसमा इमरजेन्सी ब्रेक लगाएका थिए ।

रेलवेको सुनुवाइका लागि सनी देओल १९ सेप्टेम्बरका दिन अदालत पुगेका हुन् ।

सनी र करिश्माका वकील एके जैनले जनाए अनुसार २००९मा आरोप तय भएको थियो ।

उनीहरूले अप्रिल २०१०मा चुनौती दिएका थिए ।

त्यतिखेर अदालतले दुबैलाई आरोप मुक्त गरेको थियो ।

तर १७ सेप्टेम्बरका दिन रेलवे कोर्टले दुबैको विरूद्ध आरोप तय गरेको हो ।

त्यतिखेरको स्टेशन मास्टरले ऊजुरी दिएका थिए ।

अनावश्यक चेन खिचेको, मदिरा खाएर उपद्रो मचाएको , रेलवे कर्मचारीलाई उसको काम गर्न नदिएको र बिना अनुमति उपकरण प्रयोग गरेको अभियोगका धाराहरूका आधारमा मुद्दा चलाइएको हो ।