काश्मिर मुद्दा पन्छाएर भारतसँग हातेमालो गर्न खोज्दै चीन

काश्मिर मुद्दा पन्छाएर भारतसँग हातेमालो गर्न खोज्दै चीन

काठमाडौ ।चीनले जम्मु काश्मिरको मुद्दालाई पन्छाएर भारतसँगको हातेमालो गर्न खोजेको देखिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिनको हुन लागेको अनौपचारिक भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा काश्मिर विषयलाई नउठाउने संकेत चीनले दिएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुआ चुनिङले सी र मोदीबीचको छलफलमा काश्मिरको विषय आउँछ जस्तो नलागेको जनाएकी छन् ।

एसिया र अफ्रिकाका मिडियाकर्मीसँगको अन्तरक्रियामा हुआले  यस्तो बताएकी हुन् ।

उनले भनिन् “तर यो भ्रमणका क्रममा नेताहरू खुलेर जे मन लाग्छ त्यो कुरो गर्न पाउने छन्” 

भारतले लद्दाख, जम्मु काश्मिर सहितको विषयमा भारतले अगस्ट ५मा गरेको निर्णयको विरोधमा चीनले भारतको आलोचना गरेको थियो ।

लद्दाख भारत र चीन जोडिएको सीमामा पर्छ । चीनले पाकिस्तानको सीमासँग जोडिएको जम्मु काश्मिरको विषयमा संयुक्त राष्ट्रसंघसम्म चीनले विषयलाई पु¥याएकै हो ।

यस्ता खाले अनौपचारिक छलफलमा नेताहरूले खुलेर कुराकानी गर्छन तर काश्मिर एजेन्डा होला त्यसबारे म निश्चित नभएको उनले जनाइन् ।

तर भारत पाकिस्तानसँगै राष्ट्रसंघले काश्मिरको समाधान खोज्नुपर्ने विषयमा उनले जोड दिइन् ।

भारत र पाकिस्तानले यो समस्याको समाधान शान्तिपूर्ण ढंगबाट खोज्नुपर्ने उनले जनाइन् ।

भारत चीनबीचको सीमा विवाद बारे दुई देशबीचको विश्वास निर्माण गर्ने विषयमा छलफल हुने छन् ।

शान्ति र स्थायित्व कायम गरी सीमा विवादका विषयमा दुबै पक्ष मिलेर काम गर्ने  त्यसबारे आपसी विश्वास बनाउनुपर्ने आवश्यक रहेको हुआले बताइन् ।

उनले भनिन् “चीनको द बेल्ट एन्ड रोड इन्सिएटिभमा भारतले कहिले सहमति जनाउने हो त्यो भारतको निर्णयमा भर पर्ने हो ।”