विधान उल्लंघन गरेको भन्दै प्रदेश नं २ का सह–इन्चार्ज र १९ केन्द्रीय सदस्यहरुले बुझाए नेकपा अध्यक्षद्वयलाई पत्र (महेन्द्र पासवानको भिडियो अन्तर्वार्ता)

विधान उल्लंघन गरेको भन्दै प्रदेश नं २ का सह–इन्चार्ज र १९ केन्द्रीय सदस्यहरुले बुझाए नेकपा अध्यक्षद्वयलाई पत्र (महेन्द्र पासवानको भिडियो अन्तर्वार्ता)

 भिडियो अन्तर्वार्ता हेर्नुहोस :

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का १९ जना केन्द्रीय सदस्यहरुले पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै सच्याउन आग्रह गरेका छन् ।

पार्टीलाई विधि र अनुशासनमा यथाशिघ्र अगाडि बढाउन माग गर्दै पार्टी केन्द्रीय सचिवालयमा हस्ताक्षर गरी पत्र पठाउनेहरुमा प्रदेश नं २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी र महेन्द्र पासवानसहित १६ जना रहेका छन् ।

त्यसैगरी पार्टीको परिपत्रलाई उल्लंघन गर्दै अध्यक्ष र महासचिवको निर्देशन बिपरीत सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गर्ने प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा बुझाइएको पत्रमा उल्लेख गरिएको छ । 

पत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्हरुमा रामचन्द्र झा (धनुषा), गोपाल ठाकुर (बारा), रामचन्द्र यादव (सिरहा), श्रीप्रसाद साह (धनुषा), सुधीरप्रसाद साह (धनुषा), रत्नेश्वर गोइत यादव (धनुषा), रामकुमार शर्मा (धनुषा), ममता गिरी (सिरहा), सरला यादव (रौतहट), दिनेश राई (बारा), जगत प्रसाद यादव (सिरहा), शत्रुधन महत्तो (धनुषा), बोधमायाँ यादव (धनुषा), रविन्द्र बैठा (सर्लाही) रहेका छन् । यसैगरी यदुवंश झा, भरतप्रसाद साह र रामेश्वर राय यादव रहेका छन् ।  

उनीहरुले बुझाएको पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरीत रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने, २ नं प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य बरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी पार्टीको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र– ४ (क) विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी बरिष्ठ र सक्षमहरुलाई मनोनयन गरी सपथ ग्रहण गराउनु पर्ने माग गरिएको छ ।

षड्यन्त्रपूर्वक पर्सा र बारामा गराइएको कथित सपथ ग्रहण रद्द गरी जिल्ला कमिटिमा मनोनयन गरिएको त्रुटी सच्याएर मात्र शपथ ग्रहण गर्न आग्रह गरिएको छ । त्यसैगरी उनीहरुले जिल्ला कमिटि मातहतका पार्टी कमिटीहरुमासमेत यस्तै अवैधानिक र विधि विपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्नु पर्ने माग गरिएको छ । 

हेर्नुहोस् उनीहरुले पेश गरेको पत्रः