एक दशक देखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाएर ठगी भइरहेको खुलासा

एक दशक देखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाएर ठगी भइरहेको खुलासा

काठमाडौ । कम्तीमा एक दशक देखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाएर ठगी गर्ने समूह सक्रिय रहेको खुलासा भएको छ ।

अमेरिकाको न्याय विभागका अनुसार जेपी मोर्गनका हालका र पुराना व्यापारीहरूले  सुनको मूल्य बढाएर सुनको व्यापारबाट करोडौंको ठगी गरिएको विरूद्ध कारबाही गर्ने संकेतबाट यो खुलासा भएको हो ।

जेपी मोर्गनका पुराना र हालका सुन व्यापारीहरू ग्रेग स्मिथ, माइकल नोवाक र क्रिस्टोफर जोर्डन बजारमा मिलोमतो गरी सुनको मूल्य बढाउन लगाइ फाइदा लिएको अमेरिकी न्याय विभागका सह महान्यायाधिवक्ता ब्रायन बेन्झोवस्कीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ ।

जेपी मोर्गनका बैंकरहरूले बजारमा सुनको मूल्यमा गोलमाल गरी करोडौं अमेरिकी डलर हात पारेका छन् ।

यसमा उनीहरूका केही व्यापारीहरूले सघाएका छन् ।यो अवैध करोबारबाट सुनको मूल्य बढेको हो ।

यी तीन जनाले १० वर्ष अघि देखि सुनको मूल्यमा मूल्य वृद्धि गरी अवैध कारोबारमा संलग्न रहेको देखिएको जनाइएको छ  उनीहरूले यो अपराध संगठित समूह बनाइ गरेको देखिन्छ ।