भारतीय तिर्थयात्री बोकेको बस तनहुँमा दुर्घटना, २७ जना घाइते

भारतीय तिर्थयात्री बोकेको बस तनहुँमा दुर्घटना, २७ जना घाइते

तनहुँ, ३० भदौ । तनहुँमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार मुक्तिनाथतर्फ जाँदै गरेको यूपीबीपी ४९९५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनाको उपचारका लागि पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अन्य बाँकी सबै डिस्चार्ज भइसकेको जनाइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।