‘झूठो नबोल, लड्ने भए लड इरान तयार छ’ 

‘झूठो नबोल, लड्ने भए लड इरान तयार छ’ 

काठमाडौ । साउदी अरबको तेल कारखानामा ड्रोन आक्रमण गरेको आरोप अमेरिकाले इरानमाथि लगाएपछि इरानी सेनाका कमाण्डरले ‘झूठो नबोल, लड्ने भए लड इरान तयार छ’ भनी चेतावनी दिएको छ ।

इरानी विदेशमन्त्रालयका प्रवक्ता शैय्यद अब्बास मुसाभीले साउदी तेल ठेकानमा ड्रोन आक्रमणको आरोप अधारहीन र गलत भएको बताएका छन् ।

अमेरिकाले तेहरान विरूद्ध आक्रमण गर्ने गरी इरानले गतिविधि गरेको आरोप लगाएपछि इरानको तर्फबाट यस्तो चेतावनी सार्वजनिक भएको हो ।

यमनका हउथी विद्रोहीले  साउदीको तेल प्रशोधन केन्द्रमा १० ड्रोन आक्रमण गरेको जिम्मेवारी लिएको हो ।

यो आक्रमणले साउदीको तेल ठेकानमा ठूलो क्षति गराएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तेहरानले साउदीको तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणको जवाफी कारबाही गरिने बताए ।

पोम्पेओको यो भनाइ प्रति इरानी सेनाका ब्रिगेडियर जनरल अमिर अलि हजिजादेशले इरान कुनै पनि आक्रमणको जवाफ दिन तयार रहेको बताए ।

उनले भने “ हरेकलाई थाहा होस इरानबाट २ हजार टाढामा रहेका सबै अमेरिकी सैनिक अखाडामा आक्रमण गर्न सक्ने क्षेप्यास्त्र तैनाथ छन् ।”