अमेरिकामा गाडी बनाउने  मजदुरको देशव्यापी हडताल

अमेरिकामा गाडी बनाउने  मजदुरको देशव्यापी हडताल

काठमाडौ । अमेरिकाको गाडी बनाउने मजदुरहरूको संगठन ‘द युनाइटेड अटो वर्कर्सले शुरू गरेको आम हडतालले अमेरिकी गाडी निर्माण क्षेत्र र अमेरिकी अर्थतन्त्रलाई हानी पु-याउने देखिएको छ ।

जेनरल मोटर्स कम्पनीका ४८ हजार मजदुर हडतालमा जाने भए पछि उसका कारखानाहरू बन्द हुने भएको छ ।

गाडी निर्माण कम्पनी र श्रमिकहरूबीचको सम्झौता नवीकरण नहुने भएपछि यो हडताल हुने भएको हो ।

जेनरल मोटर्स कम्पनीमा पहिलो पटक देशव्यापी हडताल हुने भएको हा। सन् २००७मा दुई दिने हडताल पछि सम्झौता भएको थियो ।

यो पटक अलि जटिलता थपिएको छ । ट्रेड युनियनले ओहियो र मिचिगनका गाडी बनाउने कम्पनी बन्द गर्न नहुने भन्दो त्यो निर्णयको विरोध गरेको छ ।

कम्पनीले युनियनमा आबद्ध नभएका गाडी कम्पनीका मजदुरहरूले थोरै ज्यालामा काम गरेको भनेर मजदुरको माग पूरा नगर्ने अडान राखेको छ ।

जेनरल मोटर्सले जारी गरेको विज्ञप्तिमा भनेको छ–असल विश्वासमा सम्झौता गरिएको थियो ।

युनियनसँग ७ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी गर्ने र ५४०० नयाँ रोजगार थप्नुका साथै ज्याला लगायतका सुविधामा वृद्धि गर्ने सम्झौता गरिएको थियो ।”

युनियनका नेता टेड क्रुमले भने “ जेनलर मोटर्सले बुझ्नु पर्ने कुरो के हो भने जतिखेर कम्पनीलाई आवश्यकता थियो त्यतिखेर हामी कम्पनीसँग उभियौं । अहिले मुनाफाको समय हो हामीले न्यायपूर्ण सम्झौता मागेका छौं ।”