रअ का पूर्व अधिकारी अमर भूषणको किताब 'इन्साइड नेपाल' को चिरफार, (भिडियोसहित)

रअ का पूर्व अधिकारी अमर भूषणको किताब 'इन्साइड नेपाल' को चिरफार, (भिडियोसहित)

 

कितावबारे भिडियोमा

 

काठमाडौं । भारतीय पकडमा नेपालको राजनीति रहेको देखाउने गरी भारतको जासुसी संस्था रअमा काम गरेका एक पूर्व अधिकारीले किताव लेखेका छन् । यो कितावको पकाशनसँगै नेपालमा ठूलै तरङ्ग ल्यायो । यसले खासगरी ठूला लगानीका नेपालका कतिपय मिडिया र कतिपय वरिस्ठ पत्रकारहरुलाई समेत नराम्ररी ‘एक्सपोज’ गरिदियो । उनीहरु कसरी कसैको हल्ला र प्रायोजित समाचारका लागि सजिलै प्रयोग हुन सक्छन भन्ने देखायो । 

रिसर्च एन्ड एनलाइसिस विङ ९रअ० का एक ब्युरो प्रमुख अमर भूषणले एक एजेन्टको गतिविधि र प्रवृति वरिपरि रहेर लेखेको पुस्तकलाई उनले एक सत्य घटनामा आधारित भनेर लेखेका छन् । यो कुरा उनले पुस्तकको प्रथम पृष्ठमा उल्लेख गरिएको ‘इन्स्पायर्ड बाइ अ टु स्टोरी’ बाट स्पस्ट पार्छन् । अर्को कुरो पुस्तकको अन्तिम पृष्ठमा घोषणा गरिएको छ –‘यो एक काल्पनिक कथा हो र यसका सबै पात्र र घटनाहरू लेखकको कल्पनाका सिर्जनाहरू हुन् । वास्तविक व्यक्ति जीवित वा मृत्युसँग यो कथा मिल्न गए संयोग मात्र हुने छ ।’

अमर भूषणले सन् २०१८ पनि ‘द जिरो कोस्ट अफ मिसनर द विली एजेन्ट’ नामक पुस्तक प्रकाशित गराएका थिए । यति छिट्टै ‘इनसाइड नेपाल’ नामको जस्तो पुस्तक लेख्न रअका एक पूर्व अधिकारका लागि कुनै आइतबार पर्खनु पर्दैन् । अहिले काल्पनिक भए पनि त्यसलाई सत्य झैं प्रस्तुत गरिन्छ । झन् घटनामा आधारित भएको हो भने त यो विषय लेखकका लागि अझ बढी महत्वपूर्ण हुन्छ । ‘टाइम’ एन्ड ‘स्पेस’९समय र स्थान०को उचित संयोजन भएको पाइँदैन ।

घटनासम्बन्धी सूचना संकलन गर्ने र त्यसलाई अनुसन्धान गरी त्यसबाट सत्यलाई ठोस गर्ने जिम्मेवारी पाएको संगठनको एक एजेन्टले यसलाई राम्ररी बुझेको हुनु पर्छ । तर ‘टाइम एन्ड स्पेस’को विषयमा हेर्दा यो हावा हावा जस्तै लाग्छ । 
त्यसैले होला नेपाली सञ्चार माध्यममा यो पुस्तकलाई एजेन्टको अटोबायोग्राफी सरह वा ठोस रिपोर्टको रूपमा बुझेर समाचार लेख्नेहरूप्रति आलोचक देखिएका सालोक्यका भनाइहरू पुस्तक पढ्दा जो कोहीलाई सत्य भएको पुष्टि हुन्छ ।  

नेपाली मिडियामा पचण्डको नाम कसरी आयो रु

सेप्टेम्बर ७,२०१९ का दिन पत्रकार सालोक्यले गरेको पोस्टको शीर्षकमा भनिएको छ – ‘रअका पूर्व अधिकारीको नेपाल किताब स् हात्ती आयो फुस्सा १ काल्पनिक उपन्यासलाई लिएर मच्चाइएको कोकोहोलो ।’

माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर रअले राजतन्त्र अन्त्य गर्न योजना बनाएको विषय पुस्तकमा कतै उल्लेख भएको छैन । तर, नेपालका कतिपय स्थापित मिडियाले नै प्रचण्डलाई जोडेर यसबारेमा समाचार दिए ।  

नेपाली भाषामा यो समाचार पहिले वरिष्ठ तथा चर्चित पत्रकार युवराज घिमिरेको देश सञ्चारले पसारित गरेको हो । ‘एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’ शीर्षकमा देश सञ्चारले यो समाचार लेखेपछि भदौ १८ गते अन्नपूर्ण पोस्टले राजा फाल्न जब रअ कस्सियो आशा थपलियाको बाइलाइनमा नयाँ दिल्ली उल्लेख गरी समाचार सार्वजनिक ग¥यो भने नागरिक दैनिकले झन् ‘पूर्व रअ एजेण्टको खुलासास् राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो’ मा शीर्षक राखेर समाचार सार्वजनिक गर्यो ।

नागरिक दैनिकले भदौ १८ गतेको अङ्कमा लेखेको छ, ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस ‘रअ’ का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हातेमालो गरेको जनाएका छन् । रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मार्फत यसबारे खुलासा गरेका छन् । भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महत्वपूर्ण समय खर्चेको बताएका छन् ।’ 

पुस्तकमा माओवादीका दोस्रो तहका नेताको रूपमा कमल अर्यालसँग रअ एजेन्ट ‘जीवनाथन’ वा ‘जीव’को सम्बन्ध भएको र पटकपटक आर्थिक सहयोग गरेको उल्लेख छ । त्यसैगरी गोविन्द नामका नेपाली कांग्रेसका नेतासँग पनि जीवको सम्बन्ध हुन्छ र कांग्रेसलाई पनि आर्थिक सहयोग गरेको विषय पुस्तकमा उल्लेख भएको छ ।

२०४६ सालको जनआन्दोलनमा तत्कालीन मोटो मशालको नेतृत्व गर्दै थिए प्रचण्ड । नेपाली कांग्रेस र वाममोर्चाको संयुक्त जनआन्दोलनमा तत्कालीन मोटो मशाल साम्हेल थिएन । उसैको नेतृत्वमा अलग्गै स्वतन्त्र मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन बनाएर स्वतन्त्र रुपमा संघर्षमा गएको थियो । त्यतिखेर प्रचण्डले नेतृत्व गरेको मशाल, मोहनबिक्रम सिंहले नेतृत्व गरेको मसाल, कृष्णदास श्रेष्ठको मालेमा, शम्भुराम श्रेष्ठको कम्युनिस्ट लीगसहित यो मोर्चामा साम्हेल थिए । त्यतिवेला माओवादी नामको पार्टी कुनै अस्तित्वमा थिएन । सहाना पञ्धानले नेतृत्व गरेको र सात वाम मिलेर बनेको तत्कालीन संयुक्त वाम मोर्चालाई तत्कालीन मशालले कांगेसको पुच्छर भनेको थियो र नयाँ जनवादी क्रान्तिका लागि लडेका पार्टीको अलग्गै मोर्चा बनाएको थियो ।     

वरिष्ठ भनिएका पत्रकारहरूले यो गलत प्रस्तुतिलाई पहिलो यसरी महत्व दिनु र पछि क्षमा माग्नु पछाडिको अन्तर्य गम्भीर रहेको छ । युवराज घिमिरेले यसलाई अटोबायोग्राफी कोट गरेकोमा पछि माफी मागेको देखिएको छ ।
सालोक्य भन्छन् “यही समाचारको स्पष्टीकरणको क्रममा देशसञ्चारका सम्पादक युवराज घिमिरेले आफ्नो मिडियाले अटोबायोग्राफी कोट गरेको दावी गरेका थिए ट्विटरमा ।”

त्यतिमात्रै होइन अर्का वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारीले यो समाचारलाई खोज विशेष टिप्पणीको आलोचना गदै सालोक्यले ध्रुवहरि अधिकारी जस्ता पत्रकारले पनि किताबै नपढी विशेष टिप्पणी लेखेको उल्लेख गरेका छन । 

हस्यास्पद टिप्पणी

‘इन्साइड नेपाल’ १९८९–९० मा लखनउको ब्युरो अफिसबाट शुरू हुन्छ । २०४५ सालको भारतीय नाकाबन्दी र नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीजस्ता राजनीतिक दलहरूले २०४६ सालको जनआन्दोलनको तयारीमा थिए । जीवनाथन वा जीव रअको पूर्वी विशेष ब्युरोका प्रमुखको रूपमा थिए । ब्युरोको कामबाट सन्तुष्ट नभएको हेडक्वार्टरले यो ब्युरो बन्द गर्ने आदेश पाएका जीवनाथनको गतिविधिबाट शुरू हुन्छ । जीवनाथनले आफ्नै बुझाइको आधारमा नेपालबाट राजतन्त्रलाई हटाउन खोजेको देखिन्छ । कमल अर्याल नामका एक माओवादीलाई ७५ हजार रूपैया आफ्नै निर्णयमा दिएको र नेपाली कांग्रेसको गोविन्द नामक नेतालाई पनि आर्थिक सहयोग गरेको र रअले आफ्नो चाहना अनुरूप राजतन्त्रलाई हटाउन नेपालका राजनीतिक दललाई सहयोग गरेको विषयको कथावस्तु यसमा उल्लेख छ । यत्रो ठूलो योजना त्यहाँको रअ प्रमुख र प्रधानमन्त्रीलाई जानकारी नभएर हुनु आफैमा आश्चर्यको विषय भएको देखिन्छ । 

भारतीय तस्करलाई नेपालको मन्त्री बनाइ दिन सक्ने विषय  हास्यास्पद रहेको देखिन्छ ।  राजीव गान्धी प्रधानमन्त्री  भएका बेला २०४५ सालमा भारतले नाकाबन्दी लगाइ नेपाललाई निहुराउन खोजेको तर तस्करहरूको कारण त्यसमा सफलता पाउन गाह्रो हुँदा तस्करका डन रघुपतिलाई तस्करी छोडन गरेको आग्रह र त्यसक्रममा आफूलाई मन्त्री बन्न मन लागेको त्यसमा सहयोग गर्नु भनी गरेको आग्रहको जवाफमा रअ एजेन्ट जीवले भारतको मन्त्री बनाउन नसक्ने तर नेपालको भए सक्ने बताउनु विषय परेको छ । तस्करले सघाएर भारतले लगाएको नाकाबन्दी सफल भएको र पछि रघुपतिलाई उत्तर प्रदेशको मुख्यमन्त्री भएको उल्लेख गरिएको छ ।

त्यतिखेरको नाकाबन्दी १३ महिनासम्म भएकोमा पुस्तकले ११ दिनमा समाप्त भएको उल्लेख गर्नु कमजोरी भएको  टिप्पणीकर्ताहरू बताउँछन् ।

यतिमात्रै होइन यो पुस्तकको आधारमा माओवादी र प्रहरी भिडन्त २०४६ सालमै भएको देखिन्छ । त्यतिखेर माओवादी पार्टी बनेकै थिएन । प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको  पहिलो  तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको पहिलो निर्वाचित सरकारका बेला माओवादी आबद्ध पार्टी संयुक्त जनमोर्चाको तर्फबाट संसदीय चुनाव लडेका थिए । कोइरालाले संसद विघटन गरेपछि बनेको त्रिशंकु संसदमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ४०बुँदे माग बुझाएर जनयुद्ध थालेको घोषणा गरेको माओवादीको प्रहरीसँग भिडन्त उल्लेख गर्नु पुस्तकलाई अपत्यारिलो बनाउँछ ।

काठमाडौं पोस्ट र जनआस्थाको लोकप्रियतालाई बुझेको अवस्थामा भारतमा निर्वासित नेपालीको सहयोगमा पत्रिका निकाल्नु र त्यसलाई नेपाली भूमिमा बाँड्न लगाउनु पनि यो पुस्तकलाई थप संदिग्ध बनाउँछ । गण्डकी अञ्चलका पूर्व प्रशासक शंकर थापालाई काठमाडौं पोस्ट र जनआस्थामा काम गरिसकेको मान्छे दर्शाउनु र उनको सहयोगले साप्ताहिक पत्रिका विहानी निकाल्न लगाउने विषय रअजस्तो जासुसी संगठनका लागि अमिल्दो विषय हो । 

जीवलाई अन्त्यमा अर्कै मिसनमा खटाइएको र विमानमा जाँदा भारतीय समाचार पत्र टाइम्स अफ इन्डियामा रोल्पा, रूकुम र जाजरकोटमा हिंसा बढेको, माओवादी र प्रहरीबीचको द्वन्द्व बढेको समाचार पढ्ने प्रसंग र त्यसअघि प्रस्तुत गरिएका विषय एक आपसमा मेल खाँदैनन् । प्रजातन्त्रको पुनस्र्थापनाको विषय भनिएको छ, नाकाबन्दीको विषय भनिएको यो दुबै विषय नेपालमा दुई पटक भएको विषय हो । त्यसैले यसमा समयको समायोजनको अभावमा कुन सन्दर्भ कुन समयमा भएको हो त्यो बुझ्न गाह्रो हुन्छ । त्यसमा पनि राजनीतिक घटनाक्रमको आधारमा बनाइएको काल्पनिक कथावस्तु त झन विश्वसनीय आधारमा प्रस्तुत गर्नुपर्नेमा त्यसो गरिएको देखिदैन । पुस्तकमा समाचारहरूमा आएका विषयहरूको आधारमा संयोजन गरिएको कथावस्तु प्रस्तुत गरिएको हो । 

अर्को कुरो प्रजातन्त्रको पुनस्र्थापनाको कथावस्तु प्रस्तुत गर्न खोजिएको हो भने नेपाली कांग्रेससँग संयुक्त बाम मोर्चाको सहभागिता थियो । त्यसको विश्लेषणको अभाव छ । अर्थात् १९८९–९० बाट २४ वर्षको नेपालको राजनीतिबारे चासो राखेका रअका एजेन्टलाई स्मरण रहनुपर्ने विषयको अभावले यो पुस्तकको वास्तविकतालाई झन् संदिग्ध बनाउँछ । यो पुस्तक हतारमा लेखिएको हो । नेपालमा भ्रम फैलाउने काम र दोष जति सबै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर नेताहरूको टाउकोमा थोपर्ने गरी अमेरिकी भारतीय योजना अन्तर्गत यहाँ आफू अनुकूलको शक्तिलाई सुम्पने योजना अन्तर्गत हतारमा लेखिएको पुस्तक भएको भनाइ सत्य नजिक रहेको देखिन्छ । समयबद्ध साप्ताहिकबाट