सिद्धार्थ राजमार्गको तिनाउ दोभानेमा पहिरोले दुईवटा जीप पुर्यो,चालकको मृत्यु

सिद्धार्थ राजमार्गको तिनाउ दोभानेमा पहिरोले दुईवटा जीप पुर्यो,चालकको मृत्यु

पाल्पा, २७ भदौ । सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २, दोभानमा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । दुई वटा सवारी साधन पहिरोले पुरेको छ । पुरिएको जीपबाट ६ जनाको उद्दार गरिएको छ ।

मृत्यु हुनेमा जीपका चालक कमल परियार रहेको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ जिप र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी अस्पताल  बुटवलतर्फ लगिएको छ । अवरुद्ध सिद्धार्थ राजमार्ग सवारी संचालनका लागि प्रयास भैरहेको जनाइएको छ ।