पहिरोले घर पुर्दा रोल्पामा एकै परिवारका दुईको ज्यान गयो, चार जना बेपत्ता 

पहिरोले घर पुर्दा रोल्पामा एकै परिवारका दुईको ज्यान गयो, चार जना बेपत्ता 

रोल्पा, २७ भदौ । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उनका छोरा असलको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ । 
त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् । उनीहरुको परिचय खुलेको छैन । पहिरो बिहीबार राति नै खसे पनि नजिकै अरु घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ ।

अहिले हराइरहेका चार जनाको खोजी भैरहेको छ । बुधबार रातिदेखि नै पानी परिरहेकाले त्यहाँका अरु घर पनि पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।