यी हुन गुरूत्वाकर्षण खोज्ने वैज्ञानिकको नाम गलत भन्ने भारतीय मन्त्री

 यी हुन गुरूत्वाकर्षण खोज्ने वैज्ञानिकको नाम गलत भन्ने भारतीय मन्त्री

ठमाडौ । भारतका केन्द्रीय मन्त्री पियुष गोयलले गुरूत्वाकर्षणको खोज गर्ने वैज्ञानिकको नाम गलत भनेपछि समाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ ।

गोयलले गुरूत्वाकर्षणको खोज गर्न आइन्स्टिनलाई गणितले केही सहयोग नगरेको भनेका थिए ।

उनले व्यापार बोर्डको बैठकमा यस्तो भनेपछि सञ्चार माध्यममा उनको व्यापक आलोचना भयो ।

त्यसपछि उनले स्पस्टीकरणमा मेरो भनाइलाई गलत ढंगबाट प्रस्तुत गरिएको बताए ।

उनले आगामी पाँच वर्षमा निर्यात एक ट्रिलियन अमेरिकी डलर बराबरको गर्ने विषयमा बोलिरहेका बेला उनले यस्तो बताएका थिए ।

गुरूत्वाकर्षको खोज सर आइजक न्यूटनले गरेका थिए तर उनले आइन्स्टिन भनेपछि उनको आलोचना भएको हो ।