खगोलशास्त्रीहरूले पृथ्वी जस्तै वातावरणमा पानी भएको ग्रह नजिकै फेला पारे

 खगोलशास्त्रीहरूले पृथ्वी जस्तै वातावरणमा पानी भएको ग्रह नजिकै फेला पारे

काठमाडौ । पृथ्वीको वातावरणमा पानी भएजस्तै मानिसहरूका लागि बस्न सकिने ग्रह नजिकै फेला पारेका छन् ।

हब्बल दूरबिनको सहयोगबाट गरिएको नयाँ अनुसन्धानबाट फेला पारिएको यो ग्रहलाई लामो समय देखि हराइरहेको काकाको छोराजस्तो भएको टिप्पणी गरिएको छ ।

पृथ्वीको आकार भन्दा दुई गुना र पृथ्वीको पिण्ड भन्दा ८ गुना ठूलो यो ग्रहलाई केटु–१८बी नाम दिइएको छ । हाम्रो सूर्य प्रणालीबाट टाढा रहेको अर्को सूर्यको ग्रहको रूपमा रहेको र यसको वातावरणले अन्य ग्रहमा बस्न पाउने नपाउने विषयको टुंगो लगाउने देखिएको छ ।

यो अनुसन्धान द नेचर अस्ट्रोनोमीमा बुधबार छापिएको छ ।

युनिभर्सिटी कलेज लन्डनका खगोल शास्त्रीहरूको अगुवा एन्जेलस त्सियारासले भने “ मानिस बस्न सक्ने गरी वातावरणमा पानी भएको खोज निसन्देह उत्साहजनक छ ।”

साथै उनले पृथ्वीलाई “अर्थ टु जीरो’ भन्न नहुने बताए । यो पृथ्वी भन्दा धेरै भारी र फरक खालको वातावरण रहेको छ ।

यो ग्रह पहिलो पटक सन् २०१५मा देखा प¥यो ।

यो ग्रहको सूर्य पृथ्वीको सूर्य भन्दा सानो र चीसो छ ।

सम्भवतः यहाँबाट प्राणघाती विकिरण प्रवाहित गरिरहेको हुन सक्नेछ ।

यो ग्रहको दुरी एक क्वाड्रिलियन किलोमिटर रहेको छ भने यसको व्यास पृथ्वीको व्यास भन्दा दुई गुना रहेको छ ।