चिनियाँ सामानमा अतिरिक्त भन्सार शुल्कको निर्णय कार्यान्वयनमा ढिलाइ गरे ट्रम्प

चिनियाँ सामानमा अतिरिक्त भन्सार शुल्कको निर्णय कार्यान्वयनमा ढिलाइ गरे ट्रम्प

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानको अमेरिकी प्रवेशमा थप अतिरिक्त भन्सार महशुलको निर्णय कार्यान्वयनमा ढिलाइ गर्ने भएका छन् ।

उनले अढाइ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनको अमेरिकी प्रवेशमा थप अतिरिक्त भन्सार शुल्क लगाउने निर्णयका कार्यान्वयनलाई १ साताका लागि ढिला गर्ने बताएका हुन् ।

सदभाव व्यक्त गर्ने उद्देश्यले यो निर्णय अब १५ अक्टोबरबाट लागू हुने उनले जनाए । यसअघि अक्टोबर १बाट कार्यान्वयनमा ल्याउने बताएका थिए ।

यो निर्णय चिनियाँ उपप्रधानमन्त्री लिउ हेको आग्रहमा गरिएको उनले जनाए । चीनको ७०औं जनगणतन्त्र दिवसको अवसरमा गरिएको यो आग्रहलाई सदभाव दर्शाउने उद्देश्यले स्थगन गरिएको ट्रम्पले जनाए ।

अतिरिक्त भन्सार महशूल २५ प्रतिशतबाट ३० प्रतिशतमा पु¥याउने निर्णय गरिएको थियो ।

चीन र अमेरिका दुबैले एक अर्का देशको उत्पादनमा अतिरिक्त भन्सार शुल्क लगाउँदै व्यापार युद्धलाई चर्काउँदै आएका छन् ।

सेप्टेम्बरको मध्यतिर चिनियाँ राष्ट्रपति सी जिनपिन र अमेरिकी समकक्षी ट्रम्पबीच  वासिंटनमा भेटघाट हुने देखिएको छ । 

अमेरिकाको राजधानी वासिंटनमा चिनियाँ उपप्रधानमन्त्री लउ हे , अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटाइजर र अर्थमन्त्री स्टिभ म्नुचिनबीचको बैठक अक्टोबरको शुरूवातमा हुने भएको छ ।

अतिरिक्त भन्सार शुल्क थप्ने निर्णय कार्यान्वयन गर्न अघि हुन सकने वार्तालाई ध्यान दिएर गरिएको छ ।

विश्वका पहिला र दोस्रा ठूला अर्थतन्त्रबीचको यो व्यापार युद्धले विश्वको अर्थतन्त्रमा मन्दी ल्याइदिएको छ ।