नेकपाको सचिवालय बैठक आजः कसले गर्ला अध्यक्षता, कहिलेसम्म रहला दोहोरो जिम्मेवारी ? 

नेकपाको सचिवालय बैठक आजः कसले गर्ला अध्यक्षता, कहिलेसम्म रहला दोहोरो जिम्मेवारी ? 

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्दैछ । पार्टी भित्र दोहोरो जिम्मेबारी हुँदा निर्णयमा ढिला र गरिएका निर्णयहरु कार्यान्वयनमा आउन नसक्नु नेकपा भित्रको कमजोरीका रुपमा हेरिएको छ । 
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा छ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना छ । 

आजको बैठकले  प्रवास कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व पनि टुंगो लगाउने सम्भवना रहेको एक सचिवालय सदस्इले झिल्कोलाई बताए ।

आजको बैठकको अध्यक्षता प्रचण्ड वा केपी ओली कसले गर्लान् त्यो भने हेर्न बाँकी छ । उपचारका लागि केपी ओली सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक राखेका थिए ।
भने पार्टीको सचिवालयको बैठकको पहिलो पटक अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरेका थिए ।

पार्टी एकतापछि दुईजनाको संयुक्त अध्यक्षात्मक प्रणालीमा पार्टी सञ्चालन गर्ने सहमति भएको थियो । पार्टी एकता र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको काम करिब अन्तिम चरणमा पुगेपछि अब भने दुई अध्यक्षदेखि तल्ला तहको कमिटीको कार्यकर्तासम्मको दोहोरो जिम्मेवारीबारे बहस सुरु भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रोपटकको सात बुँदे ‘नोट अफ डिसेन्ट’मार्फत एक व्यक्ति एक पदको नीतिलाई दृढतापूर्वक कार्यान्वयन गर्दै अध्यक्षेदेखि सबै नेता–कार्यकर्ताको दोहोरो जिम्मेवारी अन्त्य हुनुपर्ने अडान राखेका छन् । उनको यो प्रस्तावले पाटीभित्र नयाँ तरंग मात्र ल्याएको छैन, नेता–कार्यकर्ताहरूले सबैतिर दोहोरो जिम्मेवारीको व्यवस्था अन्त्य हुनुपर्ने माग जोडदार रूपमा उठाउन थालेका छन् ।

 पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली मात्र होइन, उपाध्यक्षमा प्रस्तावित वामदेव गौतम नै एक व्यक्ति एक पदको प्रस्तावको पक्षपाती रहेको र त्यही एजेन्डा उठाएर नेतृत्वमा समेत स्थापित भइसकेकाले पनि यो नीतिलाई दृढतापूर्वक कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने, सरकार र पार्टी काम विन्यास गरेर सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । स्वयं प्रधानमन्त्री ओली एक व्यक्ति एक पद एजेन्डा स्थापित गर्दै अध्यक्ष र प्रधानमन्त्री दुवै बनेका हुन् । तर, उनले आफैंले अगुवाइ गरेको एजेन्डा सबै कमिटीमा लागू हुनेगरी कार्यान्वयन गराउँछन् कि गराउँदैनन् ? त्यो भने हेर्न बाँकी छ ।