इन्डोप्यासिफ स्ट्रेटजीसँग नेपालको असंलग्नताबारे चीन ढुक्क 

इन्डोप्यासिफ स्ट्रेटजीसँग नेपालको असंलग्नताबारे चीन ढुक्क 

काठमाडौ । केही समय यता अमेरिका समर्थित इन्डो प्यासिफिक स्ट्रेटजी( हिन्द–प्रशान्त महासागरीय रणनीति)मा नेपालको संलग्नताबारे नेपाली मिडियामा विवाद चकिएपछि हालै सम्पन्न भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणबाट चीन नेपालको असंलग्नताबारे ढुक्क भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बारेमा जारी गरिएका विज्ञप्तिहरूमा नेपालले इन्डो प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको जनाइएबाट चीन यस विषयमा नेपालको बलियो विश्वास पाएको देखिएको हो ।

विदेशन्त्री वाङको भ्रमणसँग जोडिएर चिनियाँ विदेशमन्त्रालयले ५ छुट्टा छुट्टै विज्ञप्ति जारी गरेको हो ।

चीनको हङकङमा भएको विरोध प्रदर्शनमा नेपालले चीनको आन्तरिक मामिला भएको धारणा विज्ञप्तिमा उल्लेख छ । 

नेकपाका अध्यक्ष प्रचण्डले पनि विदेशमन्त्री वाङलाई  नेपाल चिनियाँ विरोधी गतिविधिमा लाग्नेलाई बाह्य शक्तिलाई अनुमति नदिने विश्वास दिलाएका हुन् ।

वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली,  प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटने क्रममा सत्ताधारी पार्टीका अध्यक्ष प्रचण्डलाई पनि भेटेका थिए । 

प्रचण्डसँगको भेटपछि  जारी विज्ञप्तिमा नेपाल असंलग्ननीति प्रति दृढतापूर्वक रही इन्डो प्यासिफिक स्ट्रेटजीलाई अस्वीकार गर्छ र चीनको विकास रोक्ने कुनै प्रयासको विरोध गर्छ र साथै चीनको विकास नेपालका लागि अवसर भएको र चीनको अनुभवबाट नेपाल सिक्न चाहेको विषय उल्लेख छ ।

विज्ञप्तिका आधारमा प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई चीनको एक नीतिको नेपाल दृढतापूर्वक समर्थन गरेको विश्वास दिलाएका छन् ।

इन्डो प्यासिफिक स्ट्रेटजीबाट नेपाल अलग भएको सत्ताधारी पार्टीको अध्यक्षले सार्वजनिक गरेको यो अभिव्यक्ति पहिलो हो ।

अर्को तर्फ अमेरिकाले नेपाललाई इन्डो प्यासिफिकमा नेपाल संलग्न भएको निरन्तर भन्दै आएको अवस्थामा यस्तो अभिव्यक्तिले समस्या उत्पन्न हुने भन्नेहरूको बुझाइ पनि रहेको छ ।

नेपालसँग गरिएको ५० करोड अमेरिकी डलर बराबरको मिलेनियम चाइलेन्जसम्बन्धी सम्झौतालाई अमेरिकाले इन्डो प्यासिफिकसँग जोडेको छ ।

मिलेनियम च्यालेन्जसँग जोडिएको परियोजनाबारे नेपालले सक्रियता देखाएकाले यसअघि चिनियाँ पक्ष रिसाएको थियो ।

नेपाल दुई वर्ष अघि चीनको द बेल्ट एन्ड रोड इन्सिएटिभमा  हस्ताक्षर गरेको थियो । तर त्यसयता यसबारे कुनै प्रगति भएको छैन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणको पूर्व तयारीको रूपमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणलाई लिएको बेला चीन यस विषयमा ढुक्क भएको देखिएको छ ।