ट्रम्पले बोल्टन पछि अब पोम्पेओलाई बर्खास्त गर्ने हुन् र ?

ट्रम्पले बोल्टन पछि अब पोम्पेओलाई बर्खास्त गर्ने हुन् र ?

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेपछि अब विदेश मन्त्री माइक पोम्पेओको पालो भनेर आंशका गर्न थालिएको छ ।

राष्ट्रपति ट्रम्पले सुरक्षा सल्लाहकार बोल्टनसँग आफू असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत जनाएका  छन्।

तर बोल्टनले आफूले नै पदबाट राजीनामा गरेको बताए । उनले भने “ यसबारे उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने छु ।”

अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलासम्बन्धी  चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग बोल्टनको मत बाझिएको थियो ।

सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन।

ट्रम्पले ट्विटे लगत्तै बोल्टनले ट्विटरमै आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गर्न भनेको उल्लेख गरेका छन् ।

प्रत्यक्ष प्रसारणका क्रममा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई बोल्टनले पठाएको एसएमएस सन्देशमा पदबाट राजीनामा दिएको जनाएका थिए।

यसैगरी  वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि बोल्टनले एसएमएस पठाएर उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको जनाएका छन्. ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइ टहाउसले समाचार एजेन्सीहरूलाई जनाए अनुसार बोल्टनको ठाउँमा बोल्टनका सहायकको रूपमा रहेका चाल्र्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्। 

राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद, राष्ट्रपनित कार्यालय  भित्र छुट्टै संस्था बनाएर बोल्टन बैठकहरूमा सहभागी नहुने र आफूले गरेका पहललाई मात्र कार्यान्वयनमा ल्याउने गरेको कार्यबाट धेरै आक्रोशित बनेको जनाइएको छ ।

केही साता अघि सीआइएका एक पूर्व अधिकारीले राष्ट्रपति ट्रम्पले बोल्टन र विदेशमन्त्री पोम्पेओलाई पदबाट हटाउने विश्वास व्यक्ति गरेका थिए ।

यी दुई जनाले ट्रम्पलाई विश्वभर युद्ध गरेकोरूपमा प्रस्तुत गर्न लगाएकोले उनीहरूलाई हटाएर अमेरिकी हितमा सोच्नुपर्ने अपेक्षा व्यक्त गर्ने ती एजेन्टको कथन पूरा भएको देखिएको छ ।

बोल्टन गएपछि पोम्पेओ पनि जाने आंशका त्यो समाचारसँग जोडिएको पक्षको रहेको छ ।

इरानविरुद्ध अपनाएको कडा नीति ,उत्तर कोरिया, रूस र अफगानिस्तानमामिलामा ट्रम्पको नीतिको विरोधमा बोल्टन रही आएका थिए ।

उत्तर कोरियासँग परमाणुसम्बन्धी शिखर वार्ता सफल हुन नसकेको र तलिबानसँग शान्ति वार्ता सफल हुन नसक्नुमा बोल्टनकै भूमिका रहेको छ ।

तत्काल अफगानिस्तानको शान्ति वार्ता ट्रम्पले रद्द गरेको घोषणा गरी बोल्टनलाई हटाएका छन् ।