भारतीय प्रधानमन्त्री नरेद्र मोदीले भने, ‘म नेपाल भ्रमण गर्न आतुर छु’

भारतीय प्रधानमन्त्री नरेद्र मोदीले भने, ‘म नेपाल भ्रमण गर्न आतुर छु’

काठमाण्डौ, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमण गर्ने बताएका छन् । 

अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताए । उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताए ।

प्रधानमन्त्री मोदीले भने ‘तपाईँले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मैले यो कुरालाई निकै महत्वपूर्ण लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’

यस्तै उनले नेपालको प्राथमिकताका अनुसार नेपालको विकासमा सहयोगका लागि भारत सधैँ प्रतिबद्ध रहेको पनि बताए । उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन भएको बताउँदै यसले क्षेत्रीय ऊर्जा सुरक्षामा सहयोग पुर्याउने बताए ।
साथै उनले प्रधानमन्त्री केपी ओलीले भिडियो लिङ्कमार्फत आफूसँग जोडिन समय निकालेकोमा खुसी पनि व्यक्त गन । उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै उनको सक्रियता निरन्तर नेपाल भारतबीचको सम्बन्धलाई जोड्न अघि बढोस भन्ने शुभकामना पनि दिए ।  उनले भने ‘म हमेसा तपाईँको उत्तम स्वास्थ्य, अभुतपूर्व सक्रियता र भारत नेपालको सम्बन्ध अझ बाबजुद बनाउनका लागि हर प्रकारले बहुत बहुत सुभकामना व्यक्त गर्दछु ।’