तर्क साबित गर्न एक करोड सुटकेश बोकेर इजलास पुग्ने वकिल

तर्क साबित गर्न एक करोड सुटकेश बोकेर इजलास पुग्ने वकिल

काठमाडौ । भारतका सर्वाधिक महँगा वकिल, सबैभन्दा कम उमेरमा वकलातको डिग्री पाउने हैसियत पाएका दिवंगत राम जेठमलानीले तर्क साबित गर्न एक करोडको सुटकेश बोकेर इजलासमा पुगेको खुलासा भएको छ ।

आइतबार दिवंगत भएका जेठमलानीको बारेमा बोल्दै भारतका बरिष्ठ वकिल तथा कांग्रेसका नेता कपिल सिब्बले उनको बारेमा यस्तो खुलाएका हुन् ।

९५ वर्षको उमेरमा दिवंगत भएका जेठमलानी विगत दुई हप्ता देखि गम्भीररूपमा बिरामी  थिए ।

प्रधानमन्त्री अटल बिहारी वाजयपेयीको सरकारमा कानुन तथा शहरी विकास मन्त्री समेत रहेका जेठमलानी हाल बिहारको राष्ट्रिय जनता दलको तर्फबाट राज्य सभाका सांसद थिए ।

१७ वर्षको उमेरमा वकलातको डिग्री लिएका जेठमलानीलाई कम उमेर र सबै भन्दा बढी उमेरसम्म वकालत गरेको रेकर्ड रहेको छ ।

७७ वर्षसम्म वकालत पेशमा रहेका जेठमलानीले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या पछि आरोपित सतबन्त सिंह र केहरसिंहको पैरवीका लागि कुनै वकिल मुद्दा लडन नमानेपछि  उनीहरूको पक्षमा बहस पैरवी गरेका थिए ।

स्वतन्त्र भारतको सबै भन्दा महगो वकिलको रूपमा मानिएका जेठमलानीले एक केसको एक करोड भारुसम्म बहस पुगेको थियो ।

नरसिम्हा रावलाई हर्षद मेहता आर्थिक घोटाला काण्डमा एक करोडको घुस दिइएको आरोपका बारेमा सरकारी वकिलले यतिधेरै रूपैया सुटकेशमा आउन नसक्ने भनेपछि उनले अर्को दिन सुटकेशमा एक करोड रूपैया भरेर ल्याएको सिब्बलले बताए ।

इजलासमा एक करोड रूपैया किन ल्याउनु प¥यो भनेर न्यायाधीशले गुनासो गरेपछि जेठमलानीले भने “अदालतमा तर्क भन्दा पनि सबूत प्रमण चाहिने भएर ल्याएको हो ” ।

दुई वर्ष अघि आफू ९५ वर्ष न काट्ने बताएका थिए ।