छुरा प्रहार गरी एकको हत्या 

छुरा प्रहार गरी एकको हत्या 

जनकपुर । अज्ञात समुहले गएराती छुरा प्रहार गरी मिथिला बिहारी नगरपालिका १० ठेरामा एकजनाको हत्या गरेको छ । 

तारापट्टि बजारबाट घर फर्किदै गरेको बेला कचुरी नजिकै मोटरसाईकलमा आएका अज्ञात समुहले छुरा प्रहार गरी मिथिला बिहारी नगरपालिका १० ठेरा निवासी ६० वर्षीय रामवरण शर्माको हत्या गरेको हो ।

मोटरसाइकलमा आएका दुई जनाको समुहले शर्माको घांटीमा छुरा प्रहार गरी भागेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते शर्मालाई उपचारको लागि जनकपुर अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । शर्माको शव पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताए ।