सुरेश वाग्ले स्मृति दिवस: लोकतान्त्रिक गणतन्त्र बदनाम गराउन निरंकुश तत्व सलबलाईरहेका छन्ः प्रचण्ड

सुरेश वाग्ले स्मृति दिवस: लोकतान्त्रिक गणतन्त्र बदनाम गराउन निरंकुश तत्व सलबलाईरहेका छन्ः प्रचण्ड

काठमाडौं, २३ भदौ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने उद्देश्यका साथ निरंकुश तत्व सलबलाईरहेकोले सजग हुन जरुरी रहेको बताएका छन् ।

नेकपा केन्द्रीय कार्याल धुम्बाराहीमा आयोजित २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिहानमा पुगेको शक्ति पुनः फर्केर आउन सम्भव नभएको पनि बताए । उनले चिहानमा पुगिसकेको भूतप्रेत उठाउँदैमा अब प्रेत आत्मा उठेर नआउने बताए । ‘चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेतआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन्’ उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’

‘नेकपा पार्टी बलियो भए पनि नैतिक आचरणको दृष्टिकोणले धेरै नै खस्किएको भान हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले हामी अलि बढी आफु केन्द्रित, व्यक्तिबादी बन्दै जान थालेका त होईनौ भन्ने प्रश्न गरे । 

हामी आफुले आफैलाई सच्चाउन जरुरी भइसक्यो पार्टीलाई नैतिक चरित्रवान बनाउने, यो पार्टीका सबै सदस्यहरुले स्वीकार्ने वातावरण बनाउने आवश्यकता बनाउन जरुरी रहेको उनको भनाई छ ।

पार्र्टीलाई समाजबादी आर्दशमा उन्मुख भएको एउटा क्रान्तिकारी पार्टी हो, जनतासँग घुलमिल गर्ने र जनताको सेवा गर्ने पार्टी हो भन्ने बनाउनु पर्ने आवश्यकता यति बेला रहेको उनले बताए । हामीले औपचारिकतामा मात्रै होईन ह्दयदेखि नै आर्दशबादी पार्टी बनाउने प्रतिबद्धता र संकल्प ग¥यौ भने मात्रै कंमरेड सुरेश वाग्ले र भीमसेन पोखरेल सहित हजारौ सहिद प्रति सच्चा सम्मान हुने अध्यक्ष प्रचण्डको भनाई छ ।

सो स्मृति कार्यक्रममा नकेपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री  झलनाथ खनालले धारणा व्यक्त गरेका थिए । राखेका थिए । कार्यक्रममा महासचिब बिस्णु पौड्याल, अग्नि सापकोटा, देबेन्द्र पौडेल लिलामणि पौडेल, मणि थापा, लेखनाथ न्यौपाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।