नौ वर्षयता अमेरिकी खुद्रा बिक्रीमा ठूलो गिरावट

नौ वर्षयता अमेरिकी खुद्रा बिक्रीमा ठूलो गिरावट

 

अमेरिकामा खुद्रा बिक्रीमा नौ वर्षयताको ठूलो गिरावट देखिएपछि त्यहाँको अर्थतन्त्रमा चिन्ता थपिएको छ ।

डिसेम्बरमा खुद्रा बिक्री १.२ प्रतिशतले घटेको छ । अमेरिकाको तथ्यांक ब्युरोले जनाए अनुसार गिरावट सन् २००९ यताकै सबैभन्दा ठूलो बिक्री गिरावट हो । सन् २००९ मा अमेरिका मन्दीमा फसेको केही महिनामा यो गिरावट देखिएको थियो ।

केही अर्थशास्त्रीहरूले यो गिरावटलाई गम्भीर रूपमा लिएका छन् ।