उपनिवेशवादविरोधी अफ्रिकी नेता मुगाबेको निधन

उपनिवेशवादविरोधी अफ्रिकी नेता मुगाबेको निधन

आन्दोलनका नेता रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो । उपचारका क्रममा सिंगापुरमा पुग्नुभएका उहाँको त्यही निधन भएको हो । जिम्बाब्वेका राष्ट्रपति इमरशन मुनाङ्ग्वाग्वाले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमार्फत मुगाबेको निधन भएको सार्वजनिक गर्नुभएको थियो ।

सन् १९२४ मा जन्मिनुभएका मुगाबे सिकर्मीका छोरा हुनुहुन्थ्यो । त्यत्तिबेला जिम्बाब्वेको नाम दक्षिणी रोडेसिया थियो । बेलायतले दक्षिणी रोडेसियामा उपनिवेश जमाएको थियो । त्यत्तिबेला काला जातिको लागि विद्यालय जानु र राम्रो जागिर पाउने सम्भावना निकै न्यून थियो । प्रतिकूलता सामना गर्दै मुगाबेले इसाई धार्मिक शिक्षा हासिल गर्नुभयो र प्राज्ञिक क्षेत्रमा संलग्न हुनुभयो ।

जातिवाद र गोरा उपनिवेशवादविरुद्ध लड्ने चेतनाको विकास भएपछि उहाँ उपनिवेशवादविरोधी सङ्घर्षमा होमिनुभयो । उहाँले समाजवाद नै उपनिवेशवाद र उत्पीडित अफ्रिकी जनताको मुक्तिको बाटो भएको निष्कर्ष निकाल्नुभयो । जिम्बाब्वेको स्वतन्त्रताको लागि जिम्बाब्वे अफ्रिकी राष्ट्रिय सङ्घ नामको पार्टी स्थापना गर्नुभयो । सो पार्टीलाई जानु – पीएफ पनि भनिन्छ । बेलायती उपनिवेशवादविरोधी स्वतन्त्रता आन्दोलनको क्रममा उहाँ ११ वर्ष जेल जीवन बिताउनुभयो ।

सन् १९७९ मा बेलायती उपनिवेशवादविरुद्ध जिम्बाब्वेका जनताले निर्णायक लडाइँ लडे । सन् १९८० मा मुगाबे जिम्बाब्वेका प्रथम काला प्रधानमन्त्री बन्नुभयो ।

मुगाबे सरकारले जिम्बाब्वेमा समाजवादी सुधारका अभियान चलायो । खेतीयोग्य जमिनमाथि गोरा र उपनिवेशवादीहरूको नियन्त्रण तोड्दै मुगाबे सरकारले काला जातिलाई पनि जमिन वितरण ग¥यो । उत्पादनका साधनमाथि उहाँको हमलाका कारण उपनिवेशवादीका नजरमा कसिङ्गरसरह हुनुभयो । तीस वर्षको शासनकालमा अनेकन आरोहअवरोह छिचोल्दै मुगाबेले जिम्बाब्वेका काला जातिका उत्पीडित जनताको मुक्तिको लागि सङ्घर्ष गर्नुभयो । समाजवादी सुधारको क्रममा उहाँले शिक्षक र स्वास्थ्यकर्मीलाई ग्रामीण क्षेत्रमा परिचालन गरी जनताको सेवामा लाग्नुभयो ।

शोषक वर्गसँग भएको जमिनलगायत उत्पादनका साधन जनतालाई वितरण गरेको रिसमा पश्चिमा मिडियाले उहाँलाई गलत ढङ्गले झूटा प्रचार गर्ने गरेको छ । साम्राज्यवादीहरूले अरू पनि उपनिवेशवादविरोधीले यसरी नै गलत प्रचार गर्ने गरेको छ ।

अफ्रिकी महादेशलाई युरोपेली उपनिवेशवादबाट मुक्त गर्न लड्ने धेरै अफ्रिकी नेतामध्ये रोबर्ट मुगाबे पनि एकजना हुनुहुन्थ्यो । मजदुरबाट