सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, बामदेव र विष्णु पौडेल पनि फर्किए

सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, बामदेव र विष्णु पौडेल पनि फर्किए

काठमाण्डौ, २० भदौ । सिंगापुरमा दुई साता लामो उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कएका छन् । 

उनी थाई एयरवेजको विमानबाट दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । मिर्गौलासम्बन्धी उपचारका लागि गएको ५ गते प्रधानमन्त्री ओली सिांगापुर गएका थिए । उनको सिंगापुरमा रहेको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट मिर्गौलाको उपचार गरिएको थियो । 

१२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि उनको उपचार हुँदै आएको छ । यसअघि उनी गत साउन १८ गते उपचारकै लागि सिंगापुर जानुभएको थियो । त्यो बेला पनि १० दिनको उपचारपछि स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि शुक्रबार नै काठमाण्डौ फर्किउका छन् ।