पार्टीमा राहुल गान्धीको विकल्प खोज्न निर्वाचन एक मात्र बाटो भएको थरूरको दाबी

पार्टीमा राहुल गान्धीको विकल्प खोज्न निर्वाचन एक मात्र बाटो भएको थरूरको दाबी

काठमाडौ । भारतको प्रमुख प्रतिपक्षी कांग्रेसको अध्यक्षमा राहुल गान्धीको विकल्प खोज्न निर्वाचन एक मात्र बाटो भएको पार्टीका नेता शशि थरूरले बताएका छन् ।

‘द हिन्दु वे’ नामक आफ्ना नयाँ पुस्तकको औचारिक अनावरण कार्यक्रम अघिको एक अन्तर्वार्तामा थरूरले पार्टीको नयाँ अध्यक्षको खोजीको राम्रो बाटो निर्वाचन भएको बताएका हुन् ।

आफ्नो पुस्तक उदारवादी हिन्दुका लागि भएको र स्वामी विवेकानन्दकको मतभेदको स्वीयकार्यतासम्बन्धी सूत्रमा आधारित भएको बताउँदै एक प्रश्नको जवाफमा कांग्रेस पार्टीको अर्को अध्यक्षको खोजी निर्वाचनबाट गर्नुपर्ने बताए ।

उनले भने “ हामी मध्येबाट कसैले एक नाम सुझाउ दिन सकिन्छ तर त्यसले कार्यकर्तास्तरलाई प्रतिनिधित्व गर्ने छैन् ।  

अर्को कुरो हामी अलोकतान्त्रिक पार्टी हुन सक्दैनौं ।

 हामी लोकतान्त्रिक अधिकारका लागि लडदै आएका छौं ।

राहुल गान्धी सर्वसम्मत छनौट हुन तर पदमा बस्न अस्वीकार गरेपछि त्यसको खोजी निर्वाचनबाट गर्नुपर्छ ।”