चिनियाँ राष्ट्रपतिलाई भारतमा स्वगत गर्न अघि मोदी रूसी राष्ट्रपतिसँग भेटन पुगे

चिनियाँ राष्ट्रपतिलाई भारतमा स्वगत गर्न अघि मोदी रूसी राष्ट्रपतिसँग भेटन पुगे

काठमाडौ । एक महिना पछि अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिनलाई भारतमा स्वागत गर्न तयारीमा लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटन रूस पुगेका छन् ।

दुई दिने भ्रमणका क्रममा मोदीले पूर्वी आर्थिक मञ्चमा सरिक हुनुको साथै राष्ट्रपति पुटिनसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

रूसी सुदुर पूर्व क्षेत्रको भ्रमण गर्ने मोदी पहिला भारतीय प्रधानमन्त्री हुन् । भ्लादिभोस्तोक भ्रमणमा आयोजित पाँचौ पूर्वी आर्थिक मञ्चमा सहभागी हुन पुगेको विषयमा भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्विट गरेका छन् । ट्विटमा मोदी त्यहाँ पुगेको जनाएका छन् ।

भ्रमणमा जानु अघि मोदीले दुई देशबीच र क्षेत्रीय विषयमा रूसी राष्ट्रपति पुटिनसँग छलफल हुने जनाएका थिए ।