अमेरिकाले इरानसँगको परमाणु सम्झौतालाई रोके यसले सबै सम्झौताहरूलाई च्यातचुत पार्ने चेतावनी

अमेरिकाले इरानसँगको परमाणु सम्झौतालाई रोके यसले सबै सम्झौताहरूलाई च्यातचुत पार्ने चेतावनी

काठमाडौ । अमेरिकाले इरानसँगको परमाणु सम्झौतालाई रोके यसले अहिलेसम्म भनिएका सबै सम्झौताहरूलाई च्यातचुत पार्ने चेतावनी इरानका विदेशमन्त्रीले चेतावनी दिएका छन् ।

इरानी विदेशमन्त्री मोहम्मद जाभेद जरिफले दिएको एक अन्तर्वार्तामा यस्तो चेतावनी दिएका हुन् ।

उनले भने “ युरोपले सुरक्षा गर्न नसके  अमेरिकाले कुल्चेको सन् २०१५मा गरिएको संयुक्त सम्झौता   अन्तिम अन्तर्राष्ट्रिय समझौता हुने छैन् ।”

मस्को भ्रमणका बेला विदेशमन्त्री जरिफले ओक्साना बोयकोको ‘वल्र्डस अपार्ट’ शोमा उपस्थित भएर शीर्ष रूसी पदाधिकारीहरूसँग छलफल गरे ।

यो भ्रमण त्यतिखेर भयो जतिखेर युरोपले इरानसँग गरिएको बहुपक्षीय परमाणु सम्झौताको रक्षा फ्रान्सको अगुवाइमा युरोपले भरमग्दुर प्रयास गरिरहेको छ । युरोपले इरानलाई त्यो बहुपक्षीय सम्झौतामा अडिरहन प्रयास गरिरहेको छ ।

औपचारिकरूपमा यो सम्झौतालाई संयुक्त बृह्त कार्य योजना(द ज्वोइन्ट कम्प्रिहन्सन प्लान अफ एक्शन) नाम दिइएको सम्झौताबाट अमेरिकाले हात झिकेपछि समस्या उत्पन्न भएको हो ।

इरानले आफ्नो परमाणु कार्यक्रमलाई फेरि सञ्चालन गर्ने चेतावनी दिएको छ ।

यससन्दर्भमा उनले यो बहुपक्षीय सम्झौता जोगाउन काम युरोपको कोर्टमा पुगको बताए ।

अमेरिकाले अन्तर्राष्ट्रिय सम्झौता भंग गरेको विषयमा कुनै प्रतिक्रिया नजनाइएकाले अमेरिकी मूढेबल बढेको उनले जनाए ।

अमेरिकाले एक वर्ष अघि  त्यो सम्झौताबाट हटेर इरानमाथि आर्थिक नाकाबन्दी थपि दिएको थियो ।

उनले अमेरिकी नाकाबन्दीबाट जोगाउन इरानले व्यवस्था गरेपनि यसबाट इरानी अर्थतन्त्र नराम्ररी प्रभावित भएको बताए ।

अमेरिकी दबाबमा रहेको इरानसँग ४० वर्षको अनुभव छ । हामीले यो सम्झौतासँग वा सम्झौता बिना इरानको भविष्य लेखिने उनले बताए ।

यो कुटनीतिको धक्का इरानलाई मात्र पर्ने छैन् ।

हालै मात्र लगाइएको प्रतिबन्ध फुकुवा गरे अमेरिकासँग इरान वार्ता गर्न तयार रहेको संकेत दिएको छ । 

उनले भने “रूस र चीनले अमेरिकी अर्थतनत्रको ताकतको अवसानका लागि मन्त्रोच्चारण गर्ने छन् ।”