एटिएम बुथबाट रकम निकाल्ने चिनियाँ गिरोहलाई सघाउने ३ नेपाली पक्राउ

एटिएम बुथबाट रकम निकाल्ने चिनियाँ गिरोहलाई सघाउने ३ नेपाली पक्राउ

काठमाडौ । एटिएम बुथबाट रकम निकाल्ने चिनियाँ गिरोहलाई सघाउने ३ नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

शनिबार ५ जनालाई समाउँदा प्रहरीको फन्दाबाट उम्केर त्रिभुवन विमानस्थलमा पुगेका अर्का ३६ वर्षीय सु लुसलीलाई समाते लग्तै प्रहरीले ठमेलमा मुद्रा साटने काम गर्ने बेदनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र प्रवन्धक रेवती दवाडीलाई पक्राउ गरेको हो ।

करौडो रकम निकाल्ने सो समूहले ल्याएको रकम साटने काम ठमेलका यी मनि चेन्जरहरूले गर्दै आएको पाइएको छ ।  नेपालीहरूमाथि बैंकिंग कसुरमा सघाएको अभियोग लगाइने भएको छ ।

सुलाई शनिबार राति यी मनि चेन्जरहरूले २५ हजरा ८६२ अमेरिकी डलर दिएका थिए ।

चिनियाँ गिरोहबाट १ करोड २६ लाख ३० हजार रकम प्रहरीले बरामद गरेको हो भने उनीहरूसँग रहेको ९हजार १०८ अमेरिकी डलर, चिनियाँ मुद्रा ११९१ ,युरो २५० र हंगकंग डलर ८० बरामद गरेको हो ।

फ्रान्सेली राहदानी बोकेका सु मलेसिया उड्न अघि विमानस्थलबाट समातिएका हुन् ।

मलेसिया विमानको बोर्डिङ पास लिसकेको अवस्थामा उनी पक्राउ परेका थिए ।