बिल गेट्सको फाउन्डेशनले भारतका प्रधानमन्त्री मोदीलाई सम्मान गर्ने

बिल गेट्सको फाउन्डेशनले भारतका प्रधानमन्त्री मोदीलाई सम्मान गर्ने

काठमाडौ ।माइक्रोसफ्टका संस्थापक तथा विश्वका शीर्षस्थ धनाढय बिल गेटसको संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वच्छ भारत अभियानका लागि सम्मानित गर्ने भएको छ ।

२५ सेप्टेम्बरमा अमेरिकाको भ्रमणका बेला उनले सो सम्मान ग्रहण गर्ने जनाइएको छ ।

भारतको केन्द्रीय मन्त्री जितेन्द्र सिंहले ट्विटगरी यो जानकारी सार्वजनिक गरेका हुन् ।

उनले ट्विटमा भनेका छन् “ एक अर्को अवार्ड प्रत्येक भारतीयका लागि गर्व गर्ने अवसर । प्रधानमन्त्री नरेन्द्र मोदीको मिहनेत र उहाँको प्रगतिशील कदम समग्र विश्वबाट प्रशंसित छ । मोदीले आफ्नो अर्को अमेरिकी भ्रमणका क्रममा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनबाट अवार्ड लिनुहुनेछ ।
यसअघि मोदीलाई अबुधाबीमा युवराज शेख मोहम्मद बिन जाएद अल नाहयले २४ अगस्टका दिन संयुक्त अरब इमिरेट्सको सर्वोचच सम्मान ‘अर्डर अफ जाएद’बाट सम्मानित गरेका थिए भने त्यही दिन बहरीनका युवराज सलमान बिन हमाद बिन इशा अल खलिफाले मोदीलाई ‘द किंग हमाद अर्डर अफ द रेनेशा’बाट सम्मानित गरेका थिए । 

मोदीले सन् २०१४मा गान्धी जयन्तीको अवसरमा स्वच्छ भारत अभियानको शुरूवात गरेका थिए ।