विकिलिक्सका संस्थापक असान्जको पक्षमा ठूला मिडिया किन बोल्दैनन् ?

विकिलिक्सका संस्थापक असान्जको पक्षमा ठूला मिडिया किन बोल्दैनन् ?

काठमाडौ । विकिलिक्सका संस्थापक पत्रकार जुलिया असान्जको  सूचना छाप्ने नेपालका चर्चित पत्रिका र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाल पत्रकार महासंघले  असान्जको रक्षाका लागि आवाज नउठाएको देखेर स्वतन्त्र पर्यवेक्षकहरू अचम्म परेका छन् ।

उनीहरूले आफूलाई अमेरिकी प्रशासकबाट आफू विरूद्ध हुन सक्ने कुनै न कुनै तहको कारबाहीबाट जोगिन मुख थुनेको पर्यवेक्षकहरूको भनाइ छ । बेलायतमा  भएको प्रदर्शनको दौरान यस्तो  खुलासा भएको हो ।

असान्जको रक्षामा आवाज न उठाए त्यो खतरा विकिलिक्सका खुलासा छाप्ने गार्जियन र न्यूर्योक टाइम्सजस्ता विश्वका चर्चित सञ्चार प्रतिष्ठानका सम्पादकहरूमाथि समेत रहेको दाबी गरिएको छ ।

 पत्रकार जोन पाइल्जरले यस्तो चेतावनी दिएका हुन् ।  असान्ज विरूद्धको कारबाही विद्रोही स्वरको हत्या गर्ने मनसाय रहेको चेताउँदै उनले कि त असान्जको पक्षमा बोलौं वा नयाँ किसिमको अन्याय अत्याचारको सामना गर्न तयार रहौं भने ।

असान्जलाई हाल बेलमार्श कारागारमा ५० साताको जेल सजाय दिइएको छ । यो जेल सजाय सन् २०१२मा जमानतको सुनुवाइमा उपस्थित नभएकाले दिइएको हो । अमेरिकी अधिकारीहरूले उनलाई अमेरिका सुपुर्दगी िगर्न पर्ने दबाब बढाइरहेका छन् ।

अमेरिकाले असान्ज विरूद्ध जासुसी गरेको आरोप लगाइरहेको छ ।

बेलायतको गृहमन्त्रालय अगाडि भएको प्रदर्शनमा बोल्दै पत्रकार पाइल्जरले असान्जलाई अमेरिका सुपुर्दगी गरिए उनलाई १७५ वर्षको कारागार हुने बताए ।

असान्जले सामना गर्ने खतरा गार्जियन, न्यूयोर्क टाइम्स, डेर स्पीगे, एल पाइस, द सिडनी मर्निङ हेराल्ड र अन्य धेरै अखबार र सञ्चार प्रतिष्ठानहरूका सम्पादकहरूविरूद्ध विस्तार हुने पाइल्जर चेतावनी दिए ।

असान्जको पक्षमा बोल्नु र उनको रक्षा गर्नु भनेको पत्रकारहरूले आफ्नो सर्वाधिक पवित्र अधिकारको रक्षा गर्नु हुने बताउँदै उनले भने – अत्याचारको नयाँ मौनको विरूद्ध हल्ला बोर्लौ ।”

पर्यवेक्षकहरूका अनुसार ठूला मिडियाका प्रकाशक र सम्पादकहरूको सम्बन्ध अमेरिकी दूतावाससँग रहेको र उनीहरूको सूचनाका आधारमा हुने कारबाहीका कारण असान्जको पक्षमा केही नबोलेको देखिएको छ ।