मोरङमा भरुवा बन्दुक बरामद

मोरङमा भरुवा बन्दुक बरामद

प्रहरीले मोरङको सुन्दरहरैचा  नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताए । त्यस्तै  प्रहरीले रङ्गेली नगरपालिका–३ पिपल चोकस्थित दोहमनाबाट कर्सियातर्फ अवैध रूपमा ल्याइँदै गरेका १० गाई नियन्त्रणमा लिएको छ । बेतौनाबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गाई फेला पारी नियन्त्रणमा लिएको  जनाएको छ ।