यी हुन् सरकारी कार्यालयका प्रमुखहरुको घरमा बम पड्काउने चेतावनी दिई रकम असुल्ने विप्लव समूहका ब्यक्तिहरु, साथमा भेटियो सम्पादकको कार्ड  !

यी हुन् सरकारी कार्यालयका प्रमुखहरुको घरमा बम पड्काउने चेतावनी दिई रकम असुल्ने विप्लव समूहका ब्यक्तिहरु, साथमा भेटियो सम्पादकको कार्ड  !

काठमाडौं, १५ भदौ । नेपाल सरकारका बिभिन्न कार्यालय प्रमुखहरुलाई नेकपा विप्लप समुहको काठमाडौं जिल्ला ईन्चार्ज हुँ भनि घरमा बम पड्काउने र जिउज्यान लिने धाक धम्की दिई रकम असुल्ने हरुलाई प्रहरीले पक्राउ गरेको छ । 
यसरी धम्की दिने तीन जनालाई अपराध महाशाखा काठमाडौंको प्रहरी टोलिले काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी केदार ढकालले जानकारी दिए । 

सोही सिलसिलामा पक्राउ परेका मध्य सुवाश कोईरालाको साथमा रहेको जनध्वनि साप्ताहिक समाचार पत्रको सम्पादकको परीचय पत्र समेत बरामद गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी परिसर पठाइएको जनाइएको छ । 

यी हुन् पक्राउ पर्नेहरु : 

नाम : बिश्वराज शर्मा
उमेर :  ४२ बर्ष 
स्थायी ठेगाना : जिल्ला झापा गौरादह न.पा.वडा नं. ७
हालको ठेगाना : का.जि. बानेश्वर

नाम : सुवाश कोईराला 
उमेर : ४१ बर्ष 
स्थायी ठेगाना : जिल्ला झापा भद्रपुर न.पा.वडा नं. ८
हालको ठेगाना : जि.भक्तपुर मध्यपुर न.पा.(३ गठ्ठाघर

नाम : सुभम घिमिरे
उमेर :  २४ बर्ष 
स्थायी ठेगाना : जिल्ला झापा भद्रपुर न.पा.वडा नं. ८
हालको ठेगाना : का.जि.काडाँघारी