तीज मनाउँन माइत हिँडेका यात्रु धादिङमा दुर्घटना

तीज मनाउँन माइत हिँडेका यात्रु धादिङमा दुर्घटना

धादिङ, १५ भदौ ।  जिल्लाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

तीजमा माइत हिँडेका यात्रु बोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर ५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् ।दुर्घटनामा सामान्य घाइते भएका १३ जनाको हरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइते हुने हरुमा धादिङ ज्वालामुखी गाउँपालिका खरी बस्ने २९ वर्षीय सोम बहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्व्ति नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली‚ ज्वालामुखी ५ खरी बस्ने १७ वर्षीया सरस्वती गुरुङ रहेका छन् ।