भारत आउन पाएनन् रोस, ‘भ्यालेन्टाइन डेमा भिलेन बन्यो हिउँदे आँधी’

भारत आउन पाएनन् रोस, ‘भ्यालेन्टाइन डेमा भिलेन बन्यो हिउँदे आँधी’

भ्यालेन्टाइन डे मा भारत र अमेरिकाबीच व्यापार मतभेद हटाउन र व्यापारमा प्रेम बढाउन दुई देशका व्यापार मन्त्रीहरूको प्रत्यक्ष भेटवार्तामा अमेरिकाको हिउँदे आँधीले बाधा हालेको छ ।

अमेरिकी व्यापार मन्त्री विल्बर रोसको भारत भमण खारेज भएको छ । रोसले भारतीय समकक्षी सुरेश प्रभु र भारतीय कम्पनीका प्रमुख कार्यकारीहरूसँगको भेटवार्ता गर्ने कार्यक्रम फेब्रअरी १४का दिन तय गरिएको थियो ।

सो प्रत्यक्ष भेट अब भिडियो कन्फ्रेन्समा परिवर्तन भएको छ । रोसले प्रमुख कार्यकारीहरूसँगको भेटवार्तालाई शुक्रबार भिडियो कन्फ्रेन्समार्फत पूरा गर्ने भएका हुन् । भारतका लागि अमेरिकी राजदूत नीथ जस्टरले यो संवाद कार्यक्रमलाई अगाडि बढाउने जनाइएको छ ।