सामाजिक सञ्जाल ट्विटर प्रमुख ज्याक डोर्सीकै अकाउन्ट  ह्याक

सामाजिक सञ्जाल ट्विटर प्रमुख ज्याक डोर्सीकै अकाउन्ट  ह्याक

काठमाडौ । अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय मध्येको एक समाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीकै  ट्विटर अकाउन्ट केही समयसम्म ह्याक  गरिएको पाइएको छ ।

‘चक्लिङ स्क्वायड’ नाम भनेर चिनिन खोजेको एक समूहले ४२ लाखभन्दा बढी फलोअर भएका ट्विटर संस्थापक डोर्सीको ट्विटर ह्याक गरेको हो ।

सो समूहले डोर्सीको अहकाउन्ट आफ्नो नियन्त्रणमा लिएपछि करिब १५ मिनेटमा धेरै आपत्तिजनक तथा रंगभेदी ट्विटेको थियो ।

तर ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गरेको छ । उसले यो घटनामा एक मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको जनाएको  छ ।

प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्विटरले आग्रह गर्दै  सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ –‘मोबाइल सेवा प्रदायकको लापरबाहीका कारण सो खाताका लागि प्रयोग गरिएको फोन नम्बरमा समस्या उत्पन्न भएको थियो ।’

अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्विट गर्न सक्ने अवस्था बनेकोमा अब त्योे समस्या अहिले समाधान भइसकेको ट्विटरले जनाएको छ ।