हवाइ जहाजको  भाडा दरमा एकरूपता ल्याउने सरकारी योजनालाई धक्का

 हवाइ जहाजको  भाडा दरमा एकरूपता ल्याउने सरकारी योजनालाई धक्का

काठमाडौ सरकारले हवाई जहाजको भाडादरमा एकरूपता ल्याउन अगाडि बढाएको योजनालाई शुरूमै धक्का लागेको छ ।

विमान सेवा सञ्चालकहरूले यो योजना अव्यवहारिक भएको भनेर विरोध जनाएका छन् ।

पर्यटन मन्त्री योगेश भट्टराईले विमान सेवाको भाडा दरमा एकरूपता ल्याउने योजनाको घोषणा गरेपछि  सेवा सञ्चालकहरूको तर्फबाट त्यसको विरोध शुरू भएको हो ।

सञ्चालकहरूको संघको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा यो योजना अव्यवहारिक भएकोले यसलाई अगाडि नबढाउन आग्रह गरिएको छ ।

पत्रमा मन्त्रीले यो योजना सार्वजनिक गर्न अघि बजारको अध्ययन गरेको भए राम्रो हुन्थ्थ्यो होला भन्दै आन्तरिक र बाह्य दुबै भाडा दर एकै पार्ने योजना अव्यवहारिक भएको उल्लेख गरिएको छ ।

संघले यससम्बन्धी सबै विवरण खुलाएर सो पत्र लेखेको जनाएको छ । मन्त्रालयका पदाधिकारीहरूले यो विषय मन्त्रीबाट अवधारणगत रूपमा बहसका लागि अगाडि बढाइएको छ ।

निर्णय सबै सरोकारवालाहरूको चिन्ता चासोलाई सम्बोधन गरी गरिने मन्त्रालयको चाहना रहेको उनीहरूले बताएका छन् ।

पर्यटन व्यवसायीले सरकारले विमान सेवाका भाडामा एकरूपता भए बढी भन्दा बढी पर्यटक ल्यायउन सकिने विश्वास व्यक्त गरेका छन् ।