'संविधान दिवस तास खेल्न, बियर खान, गलफ्रेण्ड लिएर हिँड्न बिदा दिइएको होइन'

'संविधान दिवस तास खेल्न, बियर खान, गलफ्रेण्ड लिएर हिँड्न बिदा दिइएको होइन'

काठमाण्डौं, ११ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस तास खेल्न, बियर खान, गलफ्रेण्ड लिएर हिँड्का निम्ति बिदा नदिइएको बताएका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा आयोजना गरेको छलफल कार्यक्रममा भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

मन्त्री बास्कोटाले विधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गरे । सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको आफुले अपेक्षा आफूले गरेको बताए ।
उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिए ।