नेपाल एयरलायन्सले आजदेखि जापान उडान थाल्ने, हप्ताको तीन पटक 

नेपाल एयरलायन्सले आजदेखि जापान उडान थाल्ने, हप्ताको तीन पटक 

काठमाडौं, ११ भदौ । नेपाल एयरलाइन्सले बिहीबारदेखि जापानका लागि उडान थाल्ने भएको छ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको सिधा उडान हुन लागेको हो ।

उक्त विमान राति २ः३० बजे करिब ९० यात्रु बोकेर उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । साथमा २५ जनाको नेपाली टोली पनि जापान जाँदैछ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्न लागेको हो । वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।
काठमाडौंबाट सिधा उडान हुने नेपाल एयरलाइन्सले साताको मंगलबार, बिहीबार र शनिबार गरी तीन दिन उडान भर्नेछ ।