बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम: भीम रावल

बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम: भीम रावल

कैलाली ११ भदौ । नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले टीकापुरमै आएर डा. बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम भएको आरोप लगाएका छन् ।

बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको भन्दै उनले माक्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको औँल्याए । भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको भन्दै नेता रावलले उनी जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको बताए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिन अघि टीकापुरमा आयोजित एक कार्यक्रममा थारुवानको र अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने बताएका थिए ।