सम्पन्न जी सेभनद्वारा अमेरिकी वर्चस्व  चिहान तर्फ गइरहेको पुष्टि

सम्पन्न जी सेभनद्वारा अमेरिकी वर्चस्व  चिहान तर्फ गइरहेको पुष्टि

काठमाडौ फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको आयोजनामा फ्रान्सको बिअरित्समा सम्पन्न शक्तिशाली देशहरूको समूह जी सेभनको शिखर सम्मेलनले अमेरिक वर्चस्व चिहान तर्फ गइरहेको पुष्टि गरेको छ ।

अमेरिकी लेखक तथा पत्रकार रोबर्ट ब्रिजले ‘म्याक्रोन्स जी सेभन प्रुभ्ज द युएस डोमिनेन्ट टक शप इज हेडिङ फर द इाइनोसोर ग्रेभयार्ड’ शीर्षकको लेखमा यस्तो उल्लेख गरेका हुन् ।

सन् २०१३मा सार्वजनिक भएको ‘मिडनाइट इन दी अमेरिकन इम्पायर’का लेखक ब्रिजले फ्रान्सका राष्ट्रपति म्याक्रोनले नयाँ वैश्विक शक्तिको यथार्थलाई बुझेको देखिएको भन्दै यस्तो उल्लेख गरेका हुन् ।

युरोपले रूससम्मको पहुँच बढाउनुपर्ने आवश्यकताबारे बोल्दै म्याक्रोनले एक अर्कालाई फेरि अंकमाल गरौं भन्नुको पछाडि लुकेको नयाँ वैश्विक यथार्थको बुझाइ रहेको प्रस्टिन्छ ।

अमेरिकाले हातहतियारको होडबाजी रोक्ने दुई महत्वपूर्ण सम्झौता एबीएम र आइएनएफबाट हटरे युद्ध र सैनिक विस्तारको बाटो रोज्न खोज्ने अमेरिकाले पूर्वी युरोप र एसियामा दबाब थपेको छ । जी सेभनका प्रमुख वैश्विक विषयहरू अमेरिका ,रूस र चीन वरिपरि रहेका छन् ।

अमेरिकाको यी कदमलाई यीनीहरू नबुझेको देखिदैन् ।

इटली , जर्मनी , फ्रान्स, जापान, क्यानाडा, युके र अमेरिका जी सेभनका सदस्य देश हुन् ।

म्याक्रोनले जी सेभनको क्रममा इरानका विदेशमन्त्री जावेद जरिफलाई बोलाएर परमाणु सम्झौताका बारेमा छलफल गरे । यो जी सेभनको सन्दर्भमा म्याक्रोनको सहासिक पहल भएको देखिन्छ ।

अमेरिकाले जी सेभनमा रूसलाई ल्याउन खोज्नु र म्याक्रोनले रूस सहितको युरोप बनाउन खोज्नुको पछाडि अमेरिकी वर्चस्व चिहान तर्फ गइरहेको पुष्टि यो जी सेभनबाट भएको ब्रिजको भनाइ तर्कसंगत देखिन्छ ।