हिन्दुवादी नेता भन्छन् –‘प्राचीन भारतमा गाईको मासु खाने चलन थियो’

हिन्दुवादी नेता भन्छन् –‘प्राचीन भारतमा गाईको मासु खाने चलन थियो’

काठमाडौ । भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयं सेवक संघका नेताले प्राचीन भारतमा गाईको मासु खाने चलन रहेको बताएका छन् ।

भारतको सत्ताधारी  भारतीय जनता पार्टीको माउ पार्टीको रूपमा मानिएको राष्ट्रिय स्वयं सेवक संघका संयुक्त महासचिव कृष्ण गोपालले सोमबार एक कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले भने –“ प्राचीन भारतमा गाईको मासु खानेहरूलाई अछुत भनिन्थ्यो ।

दलित शब्द अग्रेज भारतमा आएपछि मात्र अस्तित्वमा आएको हो ।

प्राचीन भारतमा दलिन शब्द थिएन् ।”

संस्कृति तथा पर्यटनमन्त्री प्रह्लाद पटेलको उपस्थितिमा सम्पन्न “ भारत का राजनीतिक उत्तरायण’ र ‘भारत का दलित विमर्श’ पुस्तकको  विमोचन कार्यक्रममा महासचिव गोपालले दलित शब्द अग्रेजको षडयन्त्रका कारण भारतमा विस्तार भएको बताए ।