अमेरिकाबाट विश्व बृद्धिको लौरो कसरी लिँदै छ चीन?

 अमेरिकाबाट विश्व बृद्धिको लौरो कसरी लिँदै छ चीन?

काठमाडौ चीनले विश्वको आर्थिक बृद्धि हाँक्ने लौरो अमेरिकाबाट चीनले लिने भएको छ ।

हालै मात्रै निक्की एसियान रिभ्युको चिनियाँ संस्करणले इतिहासकै पहिलो वैश्विक आर्थिक मन्दी चीनबाट उठेको भनाइ सहितको एक लेख सार्वजनिक गरेको छ ।

यो लेखले विश्व अर्थतन्त्रका लागि चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताले ठूलो खतरा ल्याउने लोकप्रिय दृष्टिकोलाई दर्शाएको छ ।

चीनलाई नियन्त्रणमा लिन पश्चिमा विद्वानहरूले प्रयोग गर्दै आएको चीनको खतरा( चाइना थ्रेट थ्यरी)मा आएको एक नयाँ विचलन मात्र हो ।

चीनको अर्थतन्त्रमा आएको सुस्तता एक तथ्य हो ।

तर अझ चीन अमेरिकाको गाडी निर्माण गर्ने कम्पनी जेनरल मोटर्स जस्ता चर्चित कम्पनीका लागि अझ सर्वाधिक ठूलो बजार हो ।

चाइना थ्रेटको तर्कहरूको उदय वरिपरि विश्वलाई ल्याइ दिएको छ ।

 चिनियाँ बजार यसको महत्वपूर्ण प्रमाण हो । 

अमेरिकासँगको व्यापार युद्धको बेला अपेक्षा गरिए भन्दा बढी द्रुत गतिमा चीनको अर्थतन्त्र परिर्वन भइरहेको छ ।

चीनमा सस्तो श्रमको युग समाप्त भइरहेको छ ।

चीनले आफूलाई उन्नत औद्योगिक देशको रूपमा विश्वको ठूलो कारखानाको रूपमा रूपान्तरण गरिरहेको छ ।

व्यापार युद्ध द्रुतगतिमा भइरहेको छ । यसका श्रम संघन उत्पादनमूलक कारखानाहरू उत्पादनका लागि दक्षिणपूर्व एसियामा गइरहेको छ ।

कच्चा पदार्थको चीन आयातमा कमी आउन यस परिवेशमा स्वाभाविक हुन्छ ।

फलाम कणको ठूलो उत्पादक र निर्यातकर्ता अस्ट्रेलिया यसको दबाब अनुभव गर्ने पहिलो देश हुनेछ ।

तर यो वैश्विक औद्योगिक शृंखलको समायोजनाका लागि यो एक स्वाभाविक अंश हो ।


चीनको आन्तरिक उपभोगले निर्यातमुखी क्षेत्रलाई नाघेर चिनियाँ अर्थतन्त्रको शक्तिलाई चलायमान बनाउने गरी रूपान्तरण भइरहेको छ ।

चीनमा केही कच्चा पदार्थको आयातमा आएको कमीको चिन्ता छोडी विदेशी कम्पनीले चीनको मध्यमवर्गलाई तान्न कठिन परिश्रम गर्नुपर्ने आवश्यकता छ ।

दुखको कुरो भनेको केही चर्चित पश्चिमा कम्पनीहरू अझ धेरै हठी व्यवहार दर्शाइरहेका छन् ।

उनीहरूलाई चिनियाँ बजार र उसको उपभोक्ताका बारेमा थोरै सिमित जानकारी छ । 

अमेरिका चीन व्यापारको प्रमुख सम्झौताकार तथा उपप्रधानमन्त्री लिउ हेले चीनको साना आधारहरू बलियो रहेको र यसले राष्ट्रिय अर्थतन्त्रको बृद्धिको गियर चेन्ज गरिरहेको जनाएका छन् ।

सर्वाधिक महत्वपूर्ण विषय भनेको चीनले आफ्नो अर्थतन्त्रलाई वैश्विक अनिश्चितताबीच ठूला प्रयासहरूलाई थालेको हो ।

अमेरिकाले वैश्विक आर्थिक बृद्धिको नेतृत्व गर्ने क्षमता गुमाइसकेको छ ।

चीनमा पश्चिमा कम्पनीहरूले अवसर कब्जा गर्न चाहन्छन् भने उनीहरूले चीनको विकास र समायोजनलाई पछ्याउनुपर्ने हुन्छ ।

यस अधारमा चीनले विश्वको अर्थतन्त्रलाई हाँक्ने लौरो अमेरिकाबाट लिन लागेको अवधारणा सार्वजनिक गरिएको हो ।