१३ वर्ष पछि ‘प्लुटो ग्रह हो, होइन’ अन्तर्राष्ट्रिय वैज्ञानिकहरूबीच विवाद चर्कियो

 १३ वर्ष पछि ‘प्लुटो ग्रह हो, होइन’ अन्तर्राष्ट्रिय वैज्ञानिकहरूबीच विवाद चर्कियो

काठमाडौ । १३ वर्ष अघि वैज्ञानिकहरूले एकमतबाट सूर्य परिवारका ९ ग्रह मध्येको ‘प्लुटो’ ग्रह(प्लानेट)को परिभाषा भित्र नअटाउने भएकोले यसलाई ग्रह नभन्ने निर्णयमा यो वर्ष विवाद उत्पन्न भएको छ ।

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाका एक प्रशासकले १३ वर्ष अघि वैज्ञानिकहरूले गरेको सो निर्णयलाई चुनौती दिँदै ‘प्लुटो एक ग्रह हो ’ भनी घोषणा गरेका छन् ।

२४ अगस्ट २०१९मा प्लुटो ग्रह होइन भन्ने निर्णयको १३ औं वर्ष सम्पन्न भएको छ ।

सूर्य परिवारको सबैभन्दा पुडको ग्रहको रूपमा मान्यता पाएको प्लुटोलाई अन्तर्राष्ट्रिय खगोलविद संघ( दी इन्टरनेशनल अस्ट्रोनोमिकल युनियन)ले ग्रह होइन भनेर निर्णय गरेको थियो ।

नासाका प्रशासक जिम ब्रिडन्स्टाइनले आफूले सिकेको बुझेको आधारमा प्लुटो ग्रह भएको र आफू यसमा प्रतिबद्ध रहेको जनाएका छन् ।

प्लुटोलाई उ ग्रह भएको हैसियत दिलाउने वैज्ञानिक समूह प्रयास थालेका छन् ।

अन्तर्राष्ट्रिय खगोलविद् संघले उनको घोषणालाई गलत भएको बताएको छ ।

उसले भनेको प्लुटो भन्दा धेरै खगोलवस्तु सूर्यको प्रणालीमा रहेको पाइएको सबैलाई ग्रह भन्दै जाने हो भन्ने प्रश्न तेस्र्याएको छ ।

ट्विटरमा यसबारे राय विभाजित भएको देखिएको छ ।

प्लुटोलाई ग्रहबाट हटाउनु नै अपराध भएको उल्लेख गरिएको छ ।

चाख लाग्दो कुरो भनेको नासाको न्यु होराइजन मिसनका नेता वैज्ञानिक एलान स्टर्नले पनि ब्रिन्डस्टाइनको भनाइलाई समर्थन गर्न पुगेका छन् ।

स्टर्नले सन् २००६को अगस्ट २४मा दी इन्टरनेशनल अस्ट्रोनोमिकल युनियनले  गरेको ग्रहको परिभाषा अनुसार गरिएको निर्णयलाई दी न्यू होराइजन प्रोजेक्टले मान्यता नदिने जनाएका छन्