भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् बैठकको अध्यक्षता

भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् बैठकको अध्यक्षता

काठमाडौं, ९ भदौ । नयाँ प्रविधिको सदुपयोग गर्दै उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फ्रेन्सका मध्यमबाट अध्यक्षता गराउँदै मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । 

स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट गरेका छन् । प्रधानमन्त्री सिंगापुर जानुअघि मन्त्रिपरिषद् बैठकले भिडिओ कन्फेरेन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक डाक्न सकिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन् ।