नेकपा सचिवालय बैठकः नयाँ शक्ति र विप्लव समूहबाट बिद्रोह गर्ने चार जना केन्द्रीय सदस्यमा मनोनित   

नेकपा सचिवालय बैठकः नयाँ शक्ति र विप्लव समूहबाट बिद्रोह गर्ने चार जना केन्द्रीय सदस्यमा मनोनित   

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)ले आफ्ना नेताहरुलाई सार्वजनिक रुपमा आलोचना गर्न नपाइने तर पार्टीभित्र असन्तुष्टि राख्न पाइने निर्णय गरेको छ । 

पहिलो पटक प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेकोे बैठकले कार्यकर्तालाई पार्टीका शीर्ष नेताको सार्वजनिक रुपमा आलोचना गर्न बन्देज लगाएको छ । 

पार्टीका केन्द्रीय सदस्यसमेतले शीर्ष नेताहरुको सामाजिक सञ्जालमार्फत् आलोचना गरेको पाइएपछि यस्तो निर्णय गर्नु परेको पार्टी प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पार्टीका नेताहरुको सार्वजनिक रुपमा आलोचना गरेको पाइए स्पष्टिकरण लिइनेछ भने त्यसपछि पनि नसच्चिए निलम्बन गरिने छ ।

यसैगरी बैठकले चारजना केन्द्रीय सदस्य थप गरेको छ । थप भएका केन्द्रीय सदस्यमा नयाँ शक्तिबाट बिद्रोह गरि आएका देवेन्द्र पराजुली, कल्पना धमला र विप्लव नेतृत्वको नेकपाबाट बिद्रोह गर्ने पदम राई र किरण राई रहेका छन् । नेकपाको विधानअनुसार १० प्रतिशत केन्द्रीय सदस्य थप गर्न पाइनेछ ।