सुनको भाउ आजपनि बढ्यो, तोलाको ७३ हजार ५ सय !

सुनको भाउ आजपनि बढ्यो, तोलाको ७३ हजार ५ सय !

नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको भाउ १ तोलाको ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । 

यस अघि हिजो आइतबार १ तोलाको ७२ हजार ५ सय कायम थियो भने आज सोमबार आइतबारको तुलनामा १ हजारले बढेको हो । 

                 

सुनको भाउ यसरी उच्च विन्दुमा पुग्नुमा भने नेपालको आन्तरिक कारण होइन । अमेरिका र चीन विच भएको ब्यापार युद्ध र पछिल्लो समय चीनले समेत अमेरिकी समानमाहरुमाकर लगाउने बताएसँगै अमेरिकाले थप कर लगाउने ट्रम्पले बताएँगै सुनको भाउ अन्तराष्ट्रिय बजारमै आकासिएको हो । त्यसको साथै फेडेरल बैंकको कार्यकारी निर्देशकले राजीनामा दिने हल्ला चलेसँगै त्यसको प्रभाव समेत सुनचाँदी सेक्टरमा परेको हो ।

दिनदिनै सुनको भाउले ऐतिहासिक विन्दू कायम गर्न थालेपछि सुन ब्यापारमा भने मन्दी छाएको छ  । चाडवाडको सिजन सुरु हुँदै गर्दा भरिभराउ हुने सुनपसलहरु सुनसान देखिन्छन् । खरिदगर्ने ग्राहक आउनुको सट्टा राम्रो भाउ पाउने भएकोले ग्राहकले नै विक्री गर्न ल्याउने गरेको गोगबुस्थित एक सुन पसलेले बताए । 

आज चाँदीको भाउ भने तोलाको ८६० मा विक्री भईरहेको छ ।