प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपाको सचिवालय बैठक सुरु, यी हन् छलफलका विषय

प्रचण्डको अध्यक्षतामा पहिलो पटक नेकपाको सचिवालय बैठक सुरु, यी हन् छलफलका विषय

काठमाडौं, ९ भदौ । सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली उपचारार्थ सिंगापुरमा रहेकाले प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकको अध्यक्षता गरेका हुन् ।

ओलीले सिंगारपुरतर्फ प्रस्थान गर्नुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

आजको बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिव तथा प्रवास संगठनका बारेमा छलफल हुने बताइएको छ ।