महत्वपूर्ण विषयमा सहमति नभएपछि अमेजन आगलागीलाई सहयोग गर्ने गरी सकिदै जी सेभन

महत्वपूर्ण विषयमा सहमति नभएपछि अमेजन आगलागीलाई सहयोग गर्ने गरी सकिदै जी सेभन

काठमाडौ ।शक्तिशाली देशहरूको समूह जी सेभनमा कुनै खास निर्णयमा सहमति जुटन नसकेपछि अमेजन जंगलमा भएको आगलागीलाई सहयोग गर्ने गरी जे सेभनको शिखर सम्मेलन सकिने भएको छ ।

आयोजक राष्ट्र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले प्राविधिक तथा वित्तीय सहयोगमा सहमति जुटने बताएका हुन् ।

अमेरिका, जापान, जर्मनी ,फ्रान्स, इटली , बेलायत र क्यानाडाका सरकारप्रमुख राष्ट्रप्रमुखहरूको शिखर सम्मेलनमा अन्तर्राष्ट्रियरूपमा अन्य कुनै महत्वपूर्ण विषयमा सहमति जुटन नसकेपछि अमेजनको जंगलमा भएको क्षति पूरा गर्न सहयोग गरिने जनाइएकोे छ ।

ब्राजिलका राष्ट्रपति जेर बोल्सानारोको अमेजन जंगलमा भएको आगलागीको विरोध भइरहेका बेला जी सेभनले यो सहयोग गर्ने निर्णय गर्ने भएको हो । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अमेजन जंगलको आगलागीमा सहयोग गर्न बेलायतले १ करोड पाउन्डस्र्टिलिङ दिने बताए ।