राष्ट्रपति–प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति–प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । 

उनीहरुबीच आइतबार राष्ट्रपति निवासमा भेटवार्ता भएको हो । राष्ट्रपति र प्रचण्डबीच देशको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा करिब दुई घण्टा छलफल भएको स्रोतले जनाएको छ ।