सुनको भाउ ऐतिहासिक उच्चाइमा, तोलाको ७२ हजार ५ सय पुग्यो

सुनको भाउ ऐतिहासिक उच्चाइमा, तोलाको ७२ हजार ५ सय पुग्यो

नेपाली बजारमा सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुनको भाउ १ तोलाको ७२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । 

यस अघि १ तोलाको ७१ हजार ५ सय सम्म पुगेको थियो भने शुक्रबारको मूल्य ७१ हजार ३ सय थियो । शुक्रबारको तुलनामा १ हजार २ सयले बढेको हो । 

             

सुनको भाउ यसरी उच्च विन्दुमा पुग्नुमा भने नेपालको आन्तरिक कारण होइन । अमेरिका र चीन विच भएको ब्यापार युद्ध र पछिल्लो समय चीनले समेत अमेरिकी समानमाहरुमाकर लगाउने बताएसँगै अमेरिकाले थप कर लगाउने ट्रम्पले बताएँगै सुनको भाउ अन्तराष्ट्रिय बजारमै आकासिएको हो । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचि धर्मसुन्दर बज्राचार्यले बताए । 

चाडवाड नजिकिँदै गर्दा सुनको भाउ उच्च भएसँगै सुन बजारको चहलपहल भने कम देखिएको छ । ‘पोहरको तुलानामा ब्यापारै छैन भन्दा हुन्छ, अघिल्लो बर्ष यसै सिजनमा अर्डर पु¥याउनै गाह्रो थियो, अहिले अर्डर नपाएर त्यसै बस्नु परेको छ । ’ मखनका एक सुन पसलेले बताए ।  

आज चाँदीको भाउ भने तोलाको ८५० मा विक्री भईरहेको छ ।