नागरिकता विधेयक पारित गर्न ढिलाइ गर्दा नागरिक मर्कामा

नागरिकता विधेयक पारित गर्न ढिलाइ गर्दा नागरिक मर्कामा

काठमाडौ ।  मानवअ अधिकारकर्मीहरूले  नागरिकता विधेयक पारित गर्न ढिलाइ गर्दा नागरिक मर्कामा परेकोमा चिन्ता व्यक्त गरेका छन् ।

संसदमा नागरिकता विधेयक दर्ता भएको एक वर्ष भएको छ र अझसम्म त्यसबारे कुनै चासो संसदको राज्य व्यवस्था समितिले दिएको छैन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले  योग्य भइसकेका नागरिकलाई उनीहरूको नागरिकता प्रमाण पत्रबाट बञ्चित गरिनु अन्याय भएको बताएका छन् । 

राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले संसदीय समितिका सदस्यहरूको ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले नागरिकता विधेयकका विषयहरूलाई टुंगो लगाउँदा लैङ्गिक विभेदको विषयलाई ध्यान दिनुपर्ने बताए । 

नेपाल संयुक्त राष्ट्रसंघको महासन्धीमा भएका प्रावधानहरूलाई ध्यानदिँदै नागरिकता विधेयकका विवाद छिट्टै हलगरी उमेर पुगिसकेकाहरूलाई नागरिकता प्राप्त गर्ने वातावरण मिलाउन कार्यक्रममा सहभागीहरूले बताए ।